काठमाडौं,चैत ९- उपत्यकाका विभिन्न स्थानमा सञ्चालन हुँदै आएको फुटपाथ व्यवसाय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
प्रहरीले बजार अनुगमनका क्रममा फुटपाथ व्यवसाय गर्दा एकैचोटी सयौं मानिस जम्मा हुने गरेको र त्यसले संक्रमणको जोखिम बढ्ने देखिएपछि बन्द गर्ने निर्णय गरेको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीले आइतबार (आज)बाट अर्को सूचना नभएसम्मका लागि फुटपाथ व्यवसाय बन्द गर्न निर्देशन दिएको हो ।
FACEBOOK COMMENTS