काठमाण्डौँ – सरकारले बन्द रहेका आधा दर्जन सरकारी उद्योग चालू आर्थिक वर्षभित्रै चलाउने भएको छ ।
वर्षौंदेखि बन्द अवस्थामा रहेका आधा दर्जन संस्थान चलाउने विषयमा सरकारले कार्ययोजना तयार पारेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले तयार पारेको यस्तो कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको छ ।
कार्ययोजनाअनुसार सरकारले आउने आर्थिक वर्ष भित्र ओरियन्टल म्याग्नेसाइट, नेपाल मेटल कम्पनी, गोरखकाली रबर उद्योग, हेटौंडा कपडा उद्योग, वीरगन्ज चिनी कारखाना र वुटवल धागो कम्पनी सरकारले चलाउने छ ।
जसअनुसार ओरियन्ट म्याग्नेसाइट प्रालि निजी क्षेत्र समेतलाई सहभागी गराइ सञ्चालन गर्ने सरकारको योजना छ ।
कम्पनी ऐन, २०२१ अनुसार २०३५ सालमा स्थापना भएको यो संस्थान ०५५ सालदेखि बन्द छ ।
– कारोबार
FACEBOOK COMMENTS