डा. अविन ओझा
(abinojha@gmail.com)
प्रसंग
कोरोना महामारीको कारण आज विश्वका अधिकांश मुलुकहरुमा कक्षा कोठा शिक्षण शिक्षण सिकाई प्रायश ठप्प नै छ । नेपालको सन्दर्भमा पनि सरकारले राष्ट्रिय रुपमाखलकडाउनको घोषणा गरे लगत्तै कक्षा शिक्षण सिकाई बन्द भएको थियो । लकडाउनको सुरुवात हुदाँको बखत शैक्षिक सत्र करिव करिव अन्त्य अर्थात वार्षिक परीक्षाको तयारीमा भएकोले विद्यालय बन्द हुदाँ पनि विद्यार्थीको पठनपाठनमा खासै समस्या नपरेको बुझाई रह्यो । शिक्षा क्षेत्रमा भएको क्षतीलाई शुन्य प्राय मानियो । तर कोरोनाको संक्रमण कति लम्बिने हो । खोप र ओखती प्रयोगमा नआउदाँसम्म कोरोना जिवाणुको संक्रमण रहि रहने विज्ञहरुको ठम्याई छ । त्यसो त यस्ता महामारीका इतिहास हेर्ने हो भने संक्रमणको विभिन्न लहर या चरणहरु रहेको देखिन्छ । तसर्थ पनि विद्यालय, क्याम्पस जस्ता क्षेत्रहरुमा शुरुमा असर नपरेको जस्तो देखिए तापनी लामो समयसम्म प्रभाव रहेने पक्का छ । आजको अवस्था कहिले सामान्य बन्ने हो ? पुर्ववत अवस्थामा पठनपाठन कृयाकलाप कहिले फर्कने हो? देशका लाखौं विद्यार्थीको भविष्य आज अन्योल बनेको छ । यसले अब कक्षा शिक्षण सिकाईको विकल्पका बारेमा पनि गम्भिर हुन सवैलाई सचेत गराएको छ ।
कति ब्यवहारिक छन त अहिले चलेका सहर केन्द्रित अनलाइन शिक्षण सिकाई?
अहिले, मुलत शहर केन्द्रित केही सामुदायीक तथा सस्थाँगत विद्यालयहरुमा अनलाइन बाट कक्षा सञ्चालन गर्ने भन्ने कुराहरु आएको छ । कतिले शुरु पनि गरिसकेको अवस्था छ । धेरैले जुम मिटिङ्ग, गुगल ग्रुप लगायतका विभिन्न एप्सबाट कक्षा सञ्चालन गरेको भन्ने सुनिन्छ । कत्ति पनि नहुनु भन्दा केही हुनु पक्कै पनि राम्रो हो भन्ने भावात्मक दृष्टिकोणबाट यो प्रयासलाई राम्रै मान्न सकिएला । तर राम्रो इण्टरनेट सुविधा तथा हरेक विद्यार्थीसँग कम्प्युटर साधन नभएको परिप्रेक्ष्यमा, यो व्यवहारिक दृष्टिकोणले प्रभावकारी देखिदैन । दुर शिक्षा या इन्टरनेट लर्निङ्गका निम्ति मुलत तीन कुराहरु साधन (कमप्युटर, ट्याव वा स्र्माट फोन) माध्यम (उच्च गतिको भरपर्दो इन्टरनेट), प्रयोग ज्ञान (इन्टरनेट र कमप्युटर प्रयोग सिप) को अनिवार्यता “पूर्व शर्त” (नेसेसरी कण्डिसन) रहन्छ । यी तीन कुरामा सवै विद्यार्थीको समान पहुचँ र अवसरको सुनिश्चिता “पूर्ण शर्त” (सफिसियन्ट कण्डिसन) हो । यी कुराहरुको उपलब्धता शहरी केन्द्रमा मात्र होइन, ग्रामीण कन्दराका प्रत्येक विद्यार्थीसम्म हुन अनिवार्य रहन्छ । आगामी दिनमा यस्तो सुविधा हेरक विद्यालयका प्रत्येक विद्यार्थी माझ कसरी पुर्याउने? यसको बहस अब नीतिगत तहमा हुनु जरुरी छ ।
” दुर शिक्षा या इन्टरनेट लर्निङ्गका निम्ति मुलत तीन कुराहरु साधन ( कम्प्युटर , ट्याव वा स्मार्ट फोन) माध्यम (उच्च गतिको भरपर्दो इन्टरनेट), प्रयोग ज्ञान (इन्टरनेट र कमप्युटर प्रयोग सिप) को अनिवार्यता “पूर्व शर्त” (नेसेसरी कण्डिसन) रहन्छ । यी तीन कुरामा सवै विद्यार्थीको समान पहुचँ र अवसरको सुनिश्चिता “पूर्ण शर्त” (सफिसियन्ट कण्डिसन) हो ।”
इन्टरनेट र कम्प्युटरको पहुँचको अवस्था
नेपालमा हाल २९ हजार ३५ सामुदायिक र ६ हजार ५ सय ६६ संस्थागत गरि जम्मा ३५ हजार ६०१ विद्यालयमा कुल ७३ लाख ९१ हजार ५ सय २४ विद्यार्थी अध्ययनरत रहेको आँकडा छ, शिक्षा विभागको “पm्ल्यास रिर्पोट एक (२०१७—१८)” को । जसमध्ये आधा विद्यार्थीहरु शहर केन्द्रित विद्यालयमा अध्ययन गर्ने अनुमान गर्न सकिन्छ । जोसँग इन्टरनेट तथा कम्प्युटर साधनको पहुँच भएको मान्ने हो भने पनि कुल विद्यार्थीको आधा हिस्सासँग यो सुविधा छैन भन्ने अनुमान गर्न सकिन्छ ।
नेपाल दुरसञ्चार प्राधिकरणको “एम.आई.एस.प्रतिवेदन—२०७६ पौष” अनुसार नेपालको कुल जनसंख्याको ७२ दशमलव ३ प्रतिशतले इन्टरनेट प्रयोग गर्दछन् । तर, स्थीर तार जडित या तार रहित इन्टरनेट प्रयोगकर्ता भने जम्मा १६ दशमलव ८६ प्रतिशत छन् । त्यसो त, ५५ दशमलव ३ प्रतिशतले मोवाइल फोन मार्फत इन्टरनेटको प्रयोग गर्दछन् । यो तथ्याङ्कबाट हेर्ने हो भने पनि इन्टरनेट लर्निङ्गको प्रमुख माध्यम “उच्च गतिको भरपर्दो इन्टरनेट” को प्रयोग तथा पहुँच निकै कम विद्यार्थीहरुसँग मात्र छ ।
“नेपालमा कति प्रतिशत घरपरिवारसँग कम्प्युटरको उपलब्धता छ भन्ने बहस भन्दा पनि ग्रामिण क्षेत्रका अधिकांश विद्यार्थीसँग निजि कम्प्युटरको उपलब्धता छैन । यसरी हेर्दा नेपालका अधिकांश विद्यार्थीसँग डिजिटल लर्निङ्गको साधन “कम्प्युटर डिभाइस” को उपलब्धता नै छैन ।”
स्टाटिस्टा डटकमको २०१९ को तथ्याङ्क अनुसार, अल्पविकसित मुलुकहरुमा केवल ३८ दशमलव ५ प्रतिशत घरपरिवारसँग मात्र कम्प्युटर छ । विकसित मुलुकमा भने ८२ दशमलव ३ प्रतिशत घरपरिवारसँग कम्प्युटरको उपलब्धता छ । नेपालमा कति प्रतिशत घरपरिवारसँग कम्प्युटरको उपलब्धता छ भन्ने बहस भन्दा पनि ग्रामिण क्षेत्रका अधिकांश विद्यार्थीसँग निजि कम्प्युटरको उपलब्धता छैन । यसरी हेर्दा नेपालका अधिकांश विद्यार्थीसँग डिजिटल लर्निङ्गको साधन “कम्प्युटर डिभाइस” को उपलब्धता नै छैन ।
किन तत्काल सान्र्दभिक छैन इन्टरनेट शिक्षण सिकाई?
औपचारिक शिक्षण सिकाई भनेको केवल विद्यार्थी र शिक्षक बीच हुने अन्तरक्रिया र ज्ञानको हस्तान्तरण मात्र होईन । यो सिकाईको मुल्यांङ्कन र मापन पनि हो । डिजिटल लर्निङ्गका लागी विशिष्टिकृत सफ्टवयर या प्रोगामको आवश्यकता हुन्छ । जसमा औपचारिक शिक्षण सिकाईका न्यूतम मापकहरुः फेस कन्फ्रेन्स, डिजिटल पाठ्यसामग्री, गृहकार्य, तथा सिकाई मुल्याङ्कन लगायतका आवश्यक सुविधाहरु हुन्छन । पठनपाठन, शैक्षिक समाग्री, सिकाई मुल्याङ्कको मापनमा साझा मापदण्ड हुनु अनिवार्य छ । अहिले देखिएको जुम मिटिङ्ग, गुगल ग्रुप या त्यस्तै अन्य एपबाट सामुहिक छलफल सम्भव होला । शिक्षक, विद्यार्थी र अभिभावकको अन्तरक्रिया प्रभावकारी होला । तर, शिक्षण सिकाई भने प्रतिफलमुखी हुने देखिदैन । सवै विद्यार्थीसँग अनलाइन लर्निङ्गका न्यूनतम पहुँच वा अवसर नभएसम्म केही क्षेत्र या तहका पहुँचवाला विद्यार्थीलाई अनलाइन मार्फत शिक्षण सिकाई गर्नु संविधानको धारा ३१ को मर्म, शिक्षाको समान अवसरको अधिकारको सार तत्व, र सामाजिक न्यायको सिद्धान्त, यी तीन वटै दृष्टिकोणबाट सान्र्दभिक हुँदैन ।
अहिलेको शुन्य समयमा शिक्षण सिकाईको बाटो
विश्वमा स्कुल वर्ष विभिन्न देशहरुमा फरक फरक हुने गर्दछन । जस्तो कि अमेरिकामा एक स्कुल वर्ष १ सय ९० दिनको हुन्छ । वेलायतमा १ सय ९५ दिन, भारतमा २ सय देखी २ सय २० दिन विद्यालयमा पठनपाठन गराउनुपर्ने प्रावधान छ । नेपालमा सिद्धान्तत २ सय २० को स्कुल वर्ष छ । लामो स्कुल वर्ष हुने देशहरु मध्ये नेपाल पर्दछ । यस अर्थ पनि दुई तीन महिना विद्यालय बन्द हुदा शैक्षिक क्षेत्र नै बर्वाद भयो भनी हाल्नु पर्दैन । तर, यो शुन्य समयमा हरेक अभिभावकले आफ्ना प्रत्येक बालबालिका समान्य भन्दा बढी समय भने दिनै पर्दछ । यस बिचमा अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई दैनिक केही समय रचनात्मक कृयाकलाप जस्तै चित्रकला, पेण्टिङ्ग, कथा, कविता, लेखन आदी मा प्रोत्सहान गर्ने, पुस्तकहरु पढ्न प्रेरित गर्ने, गणित तथा विज्ञानका आई.क्यू. हरु अभ्यास गर्ने, तथा मनोरञ्जन कृयाकलापहरुमा व्यस्त रहन प्रेरित गर्नुपर्दछ । व्यवहारिक शिक्षा तथा प्राविधिक सिपमुलक काममा संलग्न गराउन सके अहिलेको समय राम्रो सदुपयोग हुनेछ । जसले बालबालिकामा कम्तिमा पठनपाठन गर्ने बानीमा ह्रास ल्याउदैन । यसका लागी अभिभावकले घरमा स्कुलको जस्तो वातावरण निर्माण गर्ने होइन, उनीहरुको स्वतन्त्रता र ईच्छाका आधारमा रचनात्मक कार्य गर्ने वतावरण तयार पार्नु पर्दछ । यसका लागी बच्चाको इच्छा अनुसारको दैनिक कार्य तालिका बनाई उनीहरुलाई व्यस्त राख्न सकिन्छ । सबैैभन्दा महत्वपूर्ण अभिभावकहरु आफ्ना बालबालिका कार्य र जिज्ञासा प्रति निकै अनुक्रियाशील रहनुपर्दछ ।
अब “डिजिटल लर्निङ्ग” लाई प्राथमिकता
विश्वको बदलिदो परिवेश अनुसार नेपाली शैक्षिक प्रणालीलाई प्रतिस्पर्धी बनाउनका लागी “डिजिटल लर्निङ्ग” को सुरुवात नेपाली शिक्षामा अब अनिवार्य छ । यसको आधारभूत पूर्वाधारको तयारी अविलम्व गर्नुपर्ने देखिन्छ । प्रत्येक विद्यालयमा इण्टरनेट सुविधा सहित “डिजिटल लर्निङ्ग” प्रयोगको थालनीका आधारहरु अब तयार पार्दै लैजाउनु पर्दछ । त्यसका लागी कम्तिामा पनि अबको ३ वर्ष भित्र, आवश्यक पर्दा पठनपाठन पूर्ण रुपमा अनलाइन गर्न सक्ने अवस्था तयार पार्ने गरि ठोस योजना सहितको कार्यक्रम अबको संघिय बजेटले तथा स्थानिय कार्यक्रमले समेट्नु पर्दछ । आउँदो संघीय एव प्रादेशिक बजेट मर्फत यो योजनालाई प्राथमिकतामा राखी नेपाली शिक्षालाई पनि इ—लर्निङ्गको मार्गमा अगाडी लैजानु पर्दछ । प्रत्येक स्थानीय सरकारले आफ्नो क्षेत्रको हरेका विद्यालयमा अब “डिजिटल लर्निङ्ग” को पूर्वाधार तयार पार्नु पर्दछ । सवै विश्वविद्यालय तथा आंगिक क्याम्पसले पनि विशेष प्रोगामिंग मार्फत डिजिटल लर्निङ्गको पूर्वाधारको विकासको बारेका अब सोच्नुपर्ने देखिन्छ ।
अन्तमा,
हुनत यस्ता प्रकोप या महामारी एक युगमा एक पटक आउने गर्दछन् । यस्तो विषम परिस्थितिका कारण सृजित विषम परिस्थीतिलाई आधार मानेर सर्वव्यापीकरण गर्नु सान्दर्भिक त हुँदैन । तथापी, यस्तो असाधारण अवस्थाले धेरै साधारण कुराको सन्देश दिएर गएको हुन्छ । नेपाली शिक्षाको क्षेत्रमा पनि कक्षा कोठा शिक्षण सिकाईको वैकल्पिक उपायको व्यवस्था गर्न अब ढिला गर्नु हुँदैन भन्ने सन्देश पक्कै पनि यो महामारीले दिएको छ । कक्षा कोठा सिकाईको वैकल्पिक उपायको साथै दिर्घकालीन योजनाका लागी सम्वन्धी निकायले अब सोच्नु पर्दछ । स्मरण होस, अहिले विकसित मुलुकमा अन्य कुरा ठप्प भए पनि पठनपाठन भने दुरशिक्षा अथवा इन्टरनेट लनिङ्ग मार्फत नियमित सञ्चालनमा छन् ।
नेपाली शिक्षाको क्षेत्रमा पनि कक्षा कोठा शिक्षण सिकाईको वैकल्पिक उपायको व्यवस्था गर्न अब ढिला गर्नु हुदैन भन्ने सन्देश पक्कै पनि यो महामारीले दिएको छ । कक्षा कोठा सिकाईको वैकल्पिक उपायको साथै दिर्घकालीन योजनाका लागी सम्बन्धित निकायले अब सोच्नुपर्दछ । स्मरण होस, अहिले विकसित मुलुकमा अन्य कुरा ठप्प भए पनि पठनपाठन भने दुरशिक्षा अथवा इन्टरनेट लनिङ्ग मार्फत नियमित सञ्चालनमा छन् ।
(लेखक सीटि युनिर्भसीटि अफ न्यू योर्क अन्र्तगतका योर्क कलेजका प्राध्यापक हुन ।)
FACEBOOK COMMENTS