काठमाण्डौँ — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले बूढीगण्डकी जलशययुक्त आयोजनाको क्षमता घटाउने प्रस्ताव गरेका छन्।
मन्त्री पुनले संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा १२ सय मेगावाटमा निर्माण गर्ने भनिएको यो आयोजनाको क्षमता तीन सय मेगावाट घटाउनुपर्ने प्रस्ताव गरे।
उनका अनुसार यो आयोजना ६ सय मेगावाटबाट सुरु भएको र इनर्जीका हिसाबले आउने क्षमतामा १२ सय मेगावाट र नौ सय भए पनि फरक पर्दैन्।
यस नजिकको बजार तथा ऐतिहासिक वस्ती डुबाउनबाट जोगाउन, लागत घटाउन र छिटो बनाउन पनि यो आयोजना नौ सय मेगावाट बनाउनु उपयुक्त हुने मन्त्री पुनेको तर्क छ।
धादिङ र गोर्खाको सिमाना रहेको यो आयोजना प्रभावित आरुघाट, आर्खेत र खहरेक्षेत्रका लागि मुआव्जा वितरण नहुँदा निर्माण ढिलो भएको छ।
— अन्नपुर्ण
FACEBOOK COMMENTS