काठमाडौं, २९ वैशाख -नेपाल विद्यार्थी संघ र नेपाली काङ्ग्रेस तारकेश्वर नगरपालिका ४ ले लोलाङ देखि बाइपाससम्म मसाल जुलुस निकाल्दै विरोध प्रदर्शन गरेको छ । भारतीय विस्तारवाद र चीन सरकारले सगरमाथामाथि लगाएको गिद्धे नजर विरुद्ध र पक्राउ परेका नेविसंघ अध्यक्ष ,महामन्त्री सहित साथीहरूको निशर्त तत्काल रिहाइको माग राखी उनीहरु प्रदर्शनमा उत्रिएका हुन । नेबिसंघका निवर्तमान केन्द्रीय सदस्य सुशील भट्टको नेतृत्वमा भएको बिरोध प्रदर्शनमा नेपाली काङ्ग्रेस तानपा ४ सभापति मनोज राना,महासमिति सदस्य डिल्लिराम सापकोटा, वरिष्ठ अधिवक्ता ठाकुरराम अाचार्य, प्राध्यापक संघका केन्द्रीय सल्लाहकार धनेश्वर नेपाल ,विद्यार्थी नेताहरु सन्तोष गुरुङ,जीवन राना,सुशान्त अाचार्य,सुदीप अधिकारी स्थानीय नेताहरु देविराज छत्कुल्ली ,खड्गबहादुर थापा,कृष्ण अधिकारी ,रामशरण अधिकारी ,टेकनाथ दाहाल लगायतको उपस्थिति रहेको थियो ।