काठमाडौँ, १३ फागुन –डिजिटल सिनेमाको प्रस्तुतिमा मोहन गमालको नयाँ नेपाली फिल्म ‘प्रतिशोध–रिभेन्ज’ को शुभ मुहुर्त गरिएको छ ।भद्रकाली मन्दिरमा बिहिबार एक विशेष कार्यक्रमबीच फिल्मको सुटिङ शुभारम्भ गरिएको हो ।
शंकर अधिकारी घायलको लेखन तथा निर्देशनमा बन्ने यो फिल्मलाई निर्माताहरु अमन देब र गुरु सागर चौलागाईंले निर्माण गर्न लागेका हुन् ।नयाँ अनुहारको बाहुल्यता रहेको यो फिल्मलाई पूवीृ नेपालमा छायांकन गरिने निर्देशक घायलले जानकारी गराएका छन् ।
फिल्ममा कलाकारहरु रेनु थापा, रोशन बिसी, विशाल अग्रवाल, कृतिका शर्मा, रबिनश्री, पुष्पराज नेपाल, अमन देव, पदम सुनार, आरजे भिलेन, खगेन्द्र घिमिरे आदि कलाकारको अभिनय गर्दैछन् ।
FACEBOOK COMMENTS