काठमाडौं, जेठ १५ –काठमाडौं, जेठ १५ – पछिल्लो २४ घन्टामा भारतमा थप १ लाख ७३ हजार जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा सक्रिय संक्रमितको संख्यामा १ लाख १४ हजार ४ सय २८ जनाले कमी आएको जनाएको छ।
त्यस्तै थप ३ हजार ६ सय १७ जनाको कोरोनाका कारण मृत्यु भएको छ। यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ लाख २२ हजार ३ सय भन्दा बढी रहेको छ।
FACEBOOK COMMENTS