काठमाडौं,फागुन २२- कोरोना भाइरसको संक्रमण फैलन सक्ने भन्दै देशमा त्रास उत्पन्न भइरहेको बेला सर्जिकल मास्कको अभाव भएको छ। मास्कको अत्यधिक माग भएकोले अस्पतालहरु र मेडिकलमा अभाव भएको छ भने व्यापारीहरुले संक्रमणको समयको फाइदा उठाउँदै मास्कमा कालोबजारी गरीरहेका छन् ।
सामान्यतस् १० रुपैयाँमा पाउने मास्कलाई व्यापारीहरुले कृत्रिम अभाव सृजना गदैं मूल्य बढाएर बिक्री गर्ने गरेको पाईएको छ । यही मौकामा मास्कमा कालोबजारी गर्नेलाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाही गरेको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा मास्क अभाव भएको गुनासोपछि गरेको बजार अनुगमनका क्रममा बुधबार काठमाडौंको क्षेत्रपाटीस्थित नेपाल केयर सर्जिकल सप्लायर्सलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ । अन्य ८ वटा फर्मलाई सचेत गराइएको विभागले जनाएको छ ।
क्षेत्रपाटीकै सचिन ट्रेड कन्सर्नलाई समेत १० हजार त्रिपुरेश्वरमा रहेका खनाल सर्जिकल सप्लायर्स, अर्चना सर्जिकल र फिस टेल सर्जिकल हाउसलाई ५–५ हजार जरिवाना गराइएको छ । विभागले सोमबार त्रिपुरेश्वरकै स्वस्तिक सर्जिकल सप्लायर्सलाई २० हजार रुपैयाँ जरिबाना तिराएको जनाएको छ ।
विभागले मास्क लुकाउने र बढी मूल्यमा नबेच्न अनुरोध गर्दै यदि त्यस्तो गरिएको पाइए कारबाही र जरिवाना दुवै गर्ने चेतावनी दिएको छ ।
FACEBOOK COMMENTS