काठमाण्डौँ — माछापुच्छ्रे बैंक र एनएमबि क्यापिटलबीच ऋणपत्र निष्काशन सम्बन्धी सम्झौता भएको छ ।
बैंकले १० दशमलव २५ प्रतिशत माछापुच्छ्रे डिवेञ्चर २०८५ नामक ३ अर्ब ऋणपत्र निष्काशन गर्नका लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको हो ।
सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रीजेश घिमिरेले हस्ताक्षर गरेका थिए ।
सम्झौता पछि माछापुच्छ्रे बैंकको ३ अर्ब ऋणपत्र निष्काशनका लागि सम्पुर्ण कामहरु निष्काशन प्रबन्धकको रुपमा एनएमबि क्यापिटलले सम्पन्न गर्ने छ ।
ऋणपत्र निष्काशनका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट आवश्यक अनुमाति प्राप्त गरीसकेको छ ।
FACEBOOK COMMENTS