काठमाण्डौँ — मोटो जिपी रेस कतारमा मार्च १० बाट हुने भएको छ ।
उक्त रेसदेखिनै पियोजियो गु्रपको अप्रिली रेसिङ टिमसँग अन्तर्राष्ट्रिय साझेदार ग्लोबल लुब्रिकेन्ट आइकनले पार्टनरसिप सम्झौता गरेको छ।
मोटो जिपी अन्तर्राष्ट्रिय रुपमै ख्याती प्राप्त र लोकप्रिय बाइक रेस हो ।
मोटो जिपीलाई सर्वमान्य रुपमा रेसिङ बाइकहरुको क्षमता र गुणस्तर मापन गर्ने रेसको रुपमा लिइन्छ ।
यस वर्षको सेसनमा पाँच महादेशमा १९ चरणको रेस हुने जारी विज्ञप्तिमा उल्लेख छ।
— नागरीक
FACEBOOK COMMENTS