काठमाडौँ,माघ १९- मुक्तक दिवसका अवसरमा आयोजित मुक्तक मेलामा १३ जना नारीस्रष्टाका मुक्तकहरुको विशेष वाचन गरिएको छ । नेपालमुक्तक प्रतिष्ठानको आयोजनामा सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा आयोजित एक भव्य समारोहकाबीच सो मेला समापन भएको हो ।
कार्यक्रममा रस्मी रोदन, दुर्गा तिवारी, शान्तिशर्मा, लुमन्तीचित्रकार, विमला देवकोटा, तारा केसी, प्रतिक्षापोख्रेल, कोपिला घिमिरे, भगवती रोका‘भूमिका’, सुमन स्मारिका, पूजाआराधना, सुशीला ढकाल अधिकारी, निशा केसीले चार÷चारवटा मुक्तकवाचन गरेर सुनाएका थिए ।
कार्यक्रमको प्रमुख अतिथिमा वरिष्ठ साहित्यकार तथाचलचित्रकर्मी यादव खरेल रहेकाथिएभने सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राई विशेष अतिथि थिए । यसैगरी प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेले सभापतित्व गरेको कार्यक्रममा प्रतिष्ठानका महासचिव रमेश पौडेलले अतिथिहरुलाई स्वागत गरेकाथिए ।
कार्यक्रमलाई सम्बोधनगर्दै वरिष्ठ साहित्यकार तथाचलचित्रकर्मी यादव खरेलले मीठा–मीठा मुक्तक सुन्नपाइएको उल्लेख गर्दै प्रतिष्ठानले यति राम्रो काम गरेकोमा धन्यवाद ज्ञापन गरे । विशेष गरी यस्ता कार्यक्रममा काठमाडौँका मात्रै स्रष्टाहरु भेलाहुने गरेकोमा यो कार्यक्रममा भने बाहिरका स्रष्टाको पनि सहभागिताले खुसीलागेको बताए । वि.सं. २०१८÷१९ सालतिर भीमदर्शन रोकाले पहिलो पटक मुक्तक सुनाएको दृष्टान्त उल्लेख गर्दै खरेलले त्यसपछि मुक्तकको विकास भएको बताए । पहिलेदेखि नै लोकप्रियबनेको मुक्तकअहिले पनिउत्ति नै लोकप्रियबनिरहेको उनको भनाई छ ।
साहित्यका अन्य आयातितविधाहरु हराए पनि मुक्तक झन् फस्टाउँदै गएको उनले बताए । मुक्तक रचनामा महिला सहभागिता पनि बढ्दै गएको उल्लेख गर्दै यो सम्मान योग्यभएको भन्दै उनले प्रसंशा गरे ।
कार्यक्रमका बोल्दै सांस्कृतिक संस्थानका महाप्रबन्धक अशोककुमार राईले प्रतिष्ठानसँग मिलेर यस्तो कार्यक्रम गर्न पाएकोमा खुसी लागेको बताए । आगामि दिनमापनि संस्थानको सहयोग र सहकार्य निरन्तर रहने राईले बताए ।
कार्यक्रमलाई समापनगर्दै प्रतिष्ठानका अध्यक्ष रामकाजीकोनेले सहभागी महिला स्रष्टाको सम्मानमा दुईवटा मुक्तक सुनाएकाथिए । सामाजिक सञ्जालको साथपाएर अहिले मुक्तक फैलिँदो रहेको बताउँदै अध्यक्षकोनेले अग्रजदेखि अनुज पुस्तायो विधामाक्रियाशील रहेको बताए । मुक्तकको शास्त्रीय मान्यता र यसको मौलिकतामा नकारात्मकता आएकोले प्रतिष्ठान स्थापना गरेर मुक्तकको मौलिकता जोगाउन क्रियाशील रहेको उनले सुनाए ।
वि.सं. २०७० साल माघ १६–१८ गते पोखरामा सम्पन्न सम्मेलनले नेपाल मुक्तक प्रतिष्ठानको स्थापना गरेको थियो । यहिदिनको अवसरपारेर प्रतिष्ठानले माघ १८ गतेलाई मुक्तक दिवसको रुपमा मनाउनथालेको छ । प्रतिष्ठानको यो १९ औं श्रृङ्खलाहो ।
FACEBOOK COMMENTS