काठमाडौं, बैशाख ५ – धादिङ–ज्वालामुखी मैदी स्थित स्वास्थ्य केन्द्रमा गरिएको आरडिटी रिपोर्टमा पोजिटिभ रिपार्ट आएका ज्वालामुखी ३ अमराईका २७ वर्षीय युवाको पिसिआर परिक्षणमा नेगेटिभ देखिएको छ ।
फागुन २० गते दक्षिण कोरियावाट आए लगत्तै हेटौडा गएर स्वक्वाारेन्टाईनमा बसेको दावी गर्दै आएका युवाको मैदी स्वास्थ्य चौकीमा आरडिटी परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । उनलाई गाउँपालिकाको पहलमा मंगलवार रातिबाटै सदरमुकाम स्थित आईसोलेसनमा राखिएको थियो ।
युवाको स्वाव परीक्षणका लागि काठमाडौँ पठाएकामा रिपार्ट नेगेटिभ आएको गाउँपालिका अध्यक्ष विनोदराज तिमल्सिनाले बताए। युवामा पहिलो परीक्षणमा पोजिटिभआए लगत्तै पुरै वस्तीलाई लक गरि बस्तीमा जाने सबै सडक र गोरेटोबाटोमा रुख ढालेर अवरुद्ध गरिएको थियो । उक्त रिपार्ट नेगेटिभ आए पछि पुरै गाउंवासी खुसी भएको गाउपालिका स्थानीय लक्ष्मी अर्यालले बताए ।
FACEBOOK COMMENTS