लमजुङ, २३ कात्तिक – लमजुङको मर्स्याङ्दी गाउँपालिकामा ६ दिनका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ । गाउँपालिकामा कार्यरत कर्मचारीका साथै पालिकामा समुदायस्तरमै कोरोना सङ्क्रमण देखिएकाले कोरोना रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाको शनिबारको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।
बैठकको निर्णयअनुसार गाउँपालिका कार्यालय, वडा कार्यालय, सम्पूर्ण शाखा (स्वास्थ्य सेवा बाहेकका) र पालिका मातहतका कार्यालयका अत्यावश्यक बाहेकका सेवा आइतबारदेखि शुक्रबारसम्म ६ दिनका लागि बन्द गरिएको गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकले जानकारी दिनुभयो ।
FACEBOOK COMMENTS