काठमाण्डौँ — रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्यटक आगमनसँगै राजस्व पनि बढेको छ।
पर्यटकीय मौसम सुरु भएसँगैै लाङटाङमा पर्यटकको चहलपहल बढ्दा निकुञ्जले भ्रमणमा आएका पर्यटकबाट ७० लाख रुपैयाँ राजस्व संकलन गरेको छ।
लाङटाङ र गोसाइँकुण्डमा व्यासायिक गतिविधि, पर्यटकको आगमन बढेसँगै बढिरहेको स्थानीय होटेल व्यवसायीले जनाएका छन्।
हिमाली क्षेत्रको मौसम सफा हुदै गएकाले हिमशृङ्खला, वन, वनस्पति, वन्यजन्तु अवलोकनका लागि सहज भइरहेको आन्तरिक तथा वाह्य पर्यटक बताउँछन्।
लाङटाङमा हाल वाह्यभन्दा आन्तरिक पर्यटक आगमन बढेको लाङटाङका पर्यटन व्यवसायी बताउँछन्।
— अन्नपुर्ण
FACEBOOK COMMENTS