ललितपुर, १३ जेठ – ललितपुर महानगरपालिकाको ५ नम्बर वडाले स्वास्थ्य संकटका कारण सिर्जित असहज परिस्थितीलाई मध्यनजर राख्दै घरदैलो कार्यक्रम संचालन गरेको छ । वडाले जेठ एघार देखी चार दिने घरदैलो कार्यक्रम संचालनमा ल्याएको हो । कार्यक्रममा वडा स्वास्थ्य कार्यन्वयन समितीका स्वास्थ्य स्वयमसेवी र जनप्रतिनिधिहरु सामेल छन् । वडाबासीको समस्या र यथार्थ वस्तुस्थिती बुझ्नको लागि घरदैलो कार्यक्रम संचालनमा ल्याईएको सो वडाका वडाध्यक्ष विकासमान श्रेष्ठले जानकारी दिए । ‘विश्व भरी माहामारिको रुपमा देखिएको कोरोना भाइरसको कारण वडाबासीको समस्या के छ भन्ने बुझ्न घरदैलो कार्यक्रम संचालन गरिएको हो’ जानकारी दिने क्रममा वडाध्यक्ष श्रेष्ठले भने ।
त्यसो त घरदैलो गर्ने क्रममा सामाजिक दुरी र स्वास्थ्य सचेततालाई अपनाउने गरिएको र वडाबासीहरुमा पनि सो सम्बन्धमा सचेत रहन आग्रह गर्ने गरिएको उनले स्पस्ट पारे । साथै, वडाले स्वास्थ्य स्वयमसेवीको प्रोत्साहनका लागि बिमा गरिएको वडाध्यक्ष श्रेष्ठले बताए । ‘वडाबासी कसैले पनि समस्या भोग्नु नपरोस भन्ने अभिप्रायले घरदैलो कार्यक्रमलाई अभियानको रुपमा अघि सारेका हौ, यदि कोही कसैलाई समस्या छ भने वडा कार्यालय र जुनसुकै बेलामा पनि जनप्रतिनिधीलाई सम्पर्क गर्न हाम्रो आग्रह छ’ उनले भने ।
FACEBOOK COMMENTS