काठमाडौं, पुस २३ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाको वासिङ्टनमा भएको प्रदर्शनका समाचारले आफूलाई दुखी बनाएको बताएका छन्। बिहीवार बिहान सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले वासिङ्टनमा भएको हिंसात्मक प्रदर्शनबारे प्रतिक्रिया दिएका हुन्।
‘वासिङ्टन डिसीमा भएको दंगा र हिंसाको समाचार देखेर मलाई दुख लागेको छ,’ मोदीले ट्वीटरमा भनेका छन्, ‘शान्तिपूर्ण तरिकाले र प्रक्रियाकगत हासबले शक्तिको स्थान्तरण जारी गर्नुपर्दछ। लोकतान्त्रिक प्रक्रियालाई अवैधानिक तवरले विरोध गर्न स्विकृति दिँदैन।’
राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई औपचारिक जितका लागि सिनेटमा इलेक्टोलर मत गणनाको क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पको उक्साहटमा सिनेटबाहिर प्रदर्शन भएको थियो। उग्र प्रदर्शनकारी सिनेटमा पसी सांसदहरुलाई तितरवितर पारेका थिए। प्रदर्शनका क्रममा ट्रम्प समर्थक एक प्रदर्शनकारीको मृत्यु भएको छ। अहिले डिसी क्षेत्रमा कर्फ्यु लगाइएको छ भने सदन पुन सञ्चालन भएको छ।
FACEBOOK COMMENTS