सन् २००० देखी अटो व्यवसाय क्षेत्रमै लागिरहेको छु । आफ्नै व्यवसाय गरेको आठ वर्ष भयो । सुजुकी ब्रान्डको चारपाङ्ग्रेको व्यवसाय हो ।
अटोमोवाईल्स इन्डस्ट्री जहिले पनि ग्रोईङ विजनेस हो । यसले धेरै समस्या झेल्नु परेता पनि मोबिलिटी हो । अटो मोबाईल्स देशको अर्थतन्त्रसंग सिधै जोडिएको छ । यातायात विना देशमा समद्धि ल्याउँछु भनेर हुँदैन ।
यातायतको लागि अटोमोबाईलस विना संभाव छैन । यसमा मुख्य समस्या सरकारको निति नियम नै हो । सरकारले अटोमोवाईल्सलाई हेर्ने नजर परिवर्तन गर्नु पर्छ । गाडि चढ्छ भनेर हरेक कुरामा कर लगाईहाल्नु पर्छ भन्ने सरकारी मान्यता सरकारले त्याग्नु पर्छ । सान सानो पास्र्टस्मा पनि धेरै कर लगाएर ग्रहाकको ढाड सेक्ने काम गरेको छ ।
अहिले कोहि मान्छे मोटरसाईकल वा कार विना कतै जाने भन्ने कल्पना गर्न सक्दैन । नत नेपालमा सार्वजानीक यातयात प्रप्तमात्रामा छ । यस्तो अवस्थामा पनि सरकारले सवारी साधनलाई विलासिता भनेर व्याख्या गर्नु गलत हो । मानिसलाई दैनिक नभई नहुने कुरा कसरी विलासिताको समान हुन सक्छ ?
विद्युतिय सवारी साधनमा सरकारले भन्सार कम लगाएपनि मानिस अझै गाडि चढ्न हिचकिचाई रहेको छ । प्रयोग कर्तालाई प्रप्तमात्रामा यसको जानकारी नहुनु प्रमुख कारण हो विद्युतिय सवारीको व्यवसाय विस्तार नहुनु । अर्को नेपालमा विद्युतिय सवारी चलाउने पूर्वधार बनि सकेको छैन । चाजिङ स्टेशन , मेकानिकल सर्भीसेज , शडक पनि विद्युतिय सवारीको लगि उपयुक्त छैन ।
अनुप कुमार बराल नाडा अटोमोवाईल्स एशोसिएशनका सचिब तथा नारायणी अटो विजनेसका सिईयो हुन् ।
FACEBOOK COMMENTS