काठमाण्डौँ — खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागले देशभरका झण्डै पाँच सय मझौला तथा साना होटलको श्रेणी विभाजनलाई निरन्तरता दिएको छ ।
होटलले ग्राहकलाई दिने सेवा र सुविधाका आधारमा विभागले गत वर्षदेखि श्रेणी विभाजन गरिरहेको छ ।
होटलले दिने सुविधाका आधारमा ‘स्टिकर’ दिएर श्रेणी छुट्टाउने गरिएको विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले बताए ।
उनका अनुसार क्षेणी विभाजनको लागि ५० वटा मापदण्ड निर्धारण गरिएको छ ।
देशका सबै होटललाई श्रेणी विभाजन गर्ने विभागको योजना छ ।
रातो, पहेँलो वा हरियो ‘स्टिकर’ मार्फत होटललाई विभाजन गरिएको उनले बताए ।
— कान्तिपुर
FACEBOOK COMMENTS