काठमाण्डौँ — विश्व बैंकले नवीकरणीय ऊर्जाको विकासका लागि नेपाललाई ७६ लाख १० हजार अमेरिकी डलर (करिब ८६ करोड ७५ लाख रुपैयाँ) सहायता प्रदान गर्ने भएको छ।
विश्व बैंकले रणनीतिक जलवायु कोष (एससिएफ) मार्फत ५६ लाख १० हजार डलर अनुदान र २० लाख अमेरिकी डलर ऋणको रुपमा उक्त सहायता स्वीकृत गरेको हो।
उक्त सहायता निजी क्षेत्र नेतृत्वको ऊर्जा मिनी–ग्रिड पहुँच परियोजनामा परिचालन गरिने जानकारी दिइएको छ।
ती परियोजना मुलुकका ऊर्जा सेवा प्रदायक कम्पनीहरुलाई नवीकरणीय ऊर्जाका मिनी–ग्रिडको क्षमता बढाउनुपर्ने क्षेत्र छनोट गरी परिचालन गर्ने उद्देश्यले सञ्चालन गरिनेछ।
— नागरीक
