चण्डि ढकाल हुन या अन्य पुर्व अध्यक्षहरु उनीहरुलाई कुनै समुहको समर्थन गर्न विधानले रोकेको छैन तर स्वत: अध्यक्ष हुने मानिसले आफ्नै कार्य समिती मातहत महासंघका लागि काम गर्छु भनेर निर्वाचनमा होमिएका सकल उम्मेदवार उपर अन्याय गर्न कुन कानुनले र नैतिकताले छुट दिन्छ ?
काठमाडौं, १ मंसीर – नेपाल उद्योग वाणिज्य महासंघका वरिस्ठ उपाध्यक्ष हुन शेखर गोल्छा । उनी स्वत: अध्यक्ष बन्दै छन् । स्वत अध्यक्षको बन्ने मान्छे भनेको तटस्थ बस्नुपर्ने मानिस हो । उसले गुटबन्दी गर्नु नाजायज मानिन्छ । कन्फर्म अध्यक्ष बन्ने भएपछि सबैलाई मिलाएर अघि बढनुपर्ने दायित्व उसको हुन्छ ।
विगतमा महासंघ भित्र समुह, उप समुह, गुट उपगुट जन्मियो अब महासंघलाई एकढिक्का बनाएर लैजानु पर्छ भन्ने आवाज उठे पस्चात विभक्त महासंघलाई एक सुत्रमा बाध्ने दृष्टिकोण राख्दै महासंघमा वरिस्ठ उपाध्यक्ष स्वत: अध्यक्ष बन्ने प्रावधान राखियो ।
त्यही प्रावधानमा टेकेर अध्यक्ष बन्ने तरखरमा रहेका शेखर गोल्छा भने विधान विपरित अघि बढेका छन् । “जो अगुवा उही बाटो…” भने झै उनले विधानलाई अक्षरस पालना गराउनुको सट्टा उल्टो आँफैले विधान मिचेका छन् ।
शेखरले यसरी मिचे विधान
महासंघको विधानले वरिस्ठ उपाध्यक्ष कसैको चुनावी प्रचारमा लाग्न नहुने स्पस्ट तोकेको छ । तर उनले किशोर प्रधानलाई काँधमा बोकेर चुनावको बागडोर नै सम्हालेका छन् । प्रधान समुहबाट उठेका अन्य पदाधिकारीसँगै मोडलिङ गरे झै सो समुहको बाण्डिङमा उनी प्रयोग भएका मात्रै छैनन् कि भोटर हरुलाई भावी अध्यक्षको हैसियत बिर्सियर निर्लज्ज पाराले भोट माग्दै आएको भेटिएको छ ।
यस खाले गतिविधिले शेखर गोल्छामा इमान नरहेको प्रस्ट पार्छ । जुन नैतिक संकट उनमा देखिएको छ यसले महासंघलाई झनै कमजोर पार्ने देखिन्छ । कन्फर्म अध्यक्ष हुने मानिस भनेको अभिभावकिय भूमिकामा हुनुपर्ने हो तर चुनावलाई नै प्रभावित पार्छु भन्दै एक गुट समात्न पुगेका गोल्छालाई महासंघ भन्दा आफै ठुलो हुँ भन्ने भ्रम लागेको हुन सक्छ ।
स्मरण रहोस् महासंघ सामुहिक नेतृत्वमा चल्ने संस्था हो । कार्यसमितीमा चुनिएर आउने कार्यकारीणी सदस्यहरुको हैसियत र अध्यक्षको हैसियत प्रतिस्ठा र सचिवालय हाक्ने मामलामा तल माथि भए पनि अन्य सवालमा खासै अन्तर छैन ।
अहिले उनको तुच्छ हर्कत देख्दा भोली इतर पक्षबाट चुनिएर आउने सदस्यहरुको सामु गोल्छाले कुन मुख देखाउलान भन्ने अहम् प्रश्न तेर्सिएको छ । गोल्छाले खुले आम रुपमा एक पक्षलाई समर्थन गर्दै आएकाले उनमा अध्यक्ष मुकाम भन्दा पनि तलै बसेर काम गर्न सक्ने मानसिक अवस्था भएको हठी स्वाठ मान्न थालिएको छ ।किशोर प्रधान समुहलाई गोल्छा समुह भनेर प्रचार प्रसारमा ल्याइनुको तुक के ? भन्ने प्रश्न यहाँ नेर उब्जिएको छ ।
शेखरको नेतृत्वको समुह भनिनु सरासर गलत हो । स्वत: अध्यक्ष बन्ने मान्छेले गुट बनाउदै हिडनु भनेको ठुलो घेरालाई छाडेर सानो घेरामा सिमित हुन खोज्नु हो । चन्द्र ढकाल समुहले तपाईं हाम्रो पनि अध्यक्ष हो भनेर भन्दै आएको अवस्थामा शेखरलाई एउटा समुह अठयाउन जान किन आवश्यक पर्यो यो अचम्मको बिषय बनेको छ ।
कर्पोरेटखबरले बुझे अनुसार चण्डि ढकालसँगको रिस उनको समर्थन रहेको टोलीलाई पोख्न खोजेको बुझिएको छ । यहाँ बुझ्नु पर्ने कुरा के छ भने महासंघको स्वत: अध्यक्ष हुने मान्छेले एक त विधान विपरित हिडनै मिल्दैन भने अर्को कुरा आफनै मातहत चुनिएर आउने कार्यसमिती पदाधिकारी एवम् सदस्यलाई बायस गर्न मिल्दैन । यसो गर्नु भनेको सरासर विधानको नीति नियम विपरितको कार्य हो ।
चण्डि ढकाल हुन या अन्य पुर्व अध्यक्षहरु उनीहरुलाई कुनै समुहको समर्थन गर्न विधानले रोकेको छैन तर स्वत: अध्यक्ष हुने मानिसले आफ्नै कार्य समिती मातहत महासंघका लागि काम गर्छु भनेर निर्वाचनमा होमिएका सकल उम्मेदवार उपर अन्याय गर्न कुन कानुनले र नैतिकताले छुट दिन्छ ? यस अर्थ शेखर गोल्छा माथि कानुन मिचेको र अनुशासन उल्लघंन गरेको आरोप लागेको छ । यो महासंघको ईतिहासमा उनका लागि धब्बा बनेर रहनेछ ।
त्यो भन्दा पनि ठुलो कुरा त महासंघको ईतिहासमा कलंकीत अध्यक्ष भनेर उनलाई औल्याईने छ । हदैसम्मको निर्लज्जता प्रस्तुत गरेका शेखरको रवैयालाई न त विगतमा साथ दिएकाले स्विकार्नै सक्छन् न त प्रधान इतरमा उठेकाले माफि नै दिन सक्लान् । उनको रवैया प्रती घोर आपत्ती जनाईदै आईएको परिप्रेक्ष्यमा उनले आँफैलाई नै विवादमा तान्ने काम आफ्नै खुट्टामा बन्चरो हान्नु सरह हुँदैछ ।
विगतमा पनि केटि काण्डमा मुछिएका शेखर गोल्छाको पद महासंघमा सधै धरापमा पर्नेछ । संभवत अध्यक्षको सपथ लिने उनको सपना नै तुहिन सक्छ । चन्द्र ढकाल वरिस्ठ उपाध्यक्ष चुनिएर आए भने साढे दुई बर्ष कार्यवाहक अध्यक्ष र त्यसपछि तीन बर्ष अध्यक्ष बन्नेछन् ।
FACEBOOK COMMENTS