मदन तिमल्सेना
तनहुँ, २९ मंसिर -एकिकृत हरित विकास नेपालले श्रममैत्री इट्टा उद्योग बनाउनको लागि आईतबार म्याग्दे गाउँपालिका -३ जामुनेमा विद्यार्थीहरुलाई पोशाक तथा शैक्षिक सामाग्री वितरण गरेको छ । म्याग्दे -३ जामुने स्थित अस्मिता इट्टा उद्योगबाट पसले आधारभुत विद्यालयमा अध्ययन गर्न जाने इट्टा उद्योगमा काम गदै आएका श्रमिकका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको हो । इट्टा उद्योगबाट पसले आधारभुत विद्यालयमा अध्ययन गर्न जाने २८ जना बालबालिकालाई स्विटर, तथा विद्यालय पोशाक, पेन्सिल र कपि वितरण गरिएको एकिकृत हरित विकास नेपालका उपाध्यक्ष रामदत्त पौडेलले बताए।
कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले संस्थाले विगतको समयमा पनि बालबालिकाको क्षेत्रमा काम गदै आएको र आगामी दिनमा अझै यो भन्दा धेरै बालबालिकाको लागि जनचेतना सम्बन्धि कार्यक्रमहरु गर्न आव्हान गरिन्। गाउँपालिका प्रमुख रानाले इट्टा उद्योगमा काम गर्ने श्रमिकलाई आफ्ना बालबालिकालाई नियमित विद्यालय पढाउन समेत आग्रह गरिन्। ती बालबालिकाहरूलाई संस्थाको पहलमा पसले आधारभूत विद्यालयमा भर्ना गरिएको उद्योगका सामाजिक परिचालक राजेन्द्र मिश्रले बताए।

एकिकृत हरित विकास नेपालका उपाध्यक्ष रामदत्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरे, वडा अध्यक्ष हरू श्री बहादुर थापा, प्रेम बहादुर थापा, शिक्षा शाखा प्रमुख बुद्धिसागर खनाल, म्याग्दे गाउँपालिका बोर्ड सदस्य राधा घिमिरे, पसले आधारभुत विद्यालयका प्रधानध्यापक विजयराज पोख्रेल लगायतले कार्यक्रममा मन्तव्य राखेका थिए । कार्यक्रममा एकिकृत हरित विकास नेपालका सामाजिक परिचालक विनोद सापकोटाले स्वागत राखेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका बोर्ड सदस्य श्रीकृष्ण आचार्यले गरेका थिए।