काठमाडौं- सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीका नेपाल प्रतिनिधिसँग सञ्चारमन्त्री गोकुल बाँस्कोटाले गरेको कमिसनको ‘डिलिङ’ संबन्धी अडियो अहिले भाईरल भएको छ ।
काभ्रेको धुलिखेलमा स्थापना गर्ने भनिएको सेक्युरिटी प्रेस स्थापना गर्नका लागि स्वीस कम्पनीसँग सुरुमा कुरा भएपनि उसलाई नदिएर जर्मन कम्पनीलाई ठेक्का दिन लागिएपछि स्वीस कम्पनीका नेपाल एजेण्टले बास्कोटासँग भएको घुस प्रकरणको अडियो क्लिप बुधबार विभिन्न सञ्चारमाध्यमलाई दिएका हुन् । यो अडियो क्लिप प्रधानमन्त्रीलाई डेढ महिना पहिले नै पुगेको थियो । तथापि प्रधानमन्त्री मौन बसेका थिए । घुस खाए असैय हुन्छ भन्ने प्रधानमन्त्री आफनै नाकमुनीको हर्कत बारे चालै नपाए झै गरि चुपचाप रहे ।
स्वीस कम्पनीका नेपाल एजेण्ट प्रकाश शर्मा भनिने विजय प्रकाश मिश्रले बास्कोटासँग भएको कुराकानीको अडियो क्लिप करिब डेढ महिना पहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएका थिए । जब स्वीस कम्पनीसँग सम्झौता नगरी जर्मन कम्पनीसँग सम्झौता गर्न खोजियो, त्यसपछि मिश्रले उक्त अडियो प्रधानमन्त्रीलाई दिँदै जर्मन कम्पनीसँग कुल बजेटको १२ प्रतिशत कमिशन लिएर सम्झौता गर्न लागिएको भन्दै प्रधानमन्त्रीलाई उक्त अडियो क्लिप पठाइदिएका थिए । तर बिहिबार फागुन ८ गते लेखा समितिले जर्मन कम्पनीलाई नै ठेक्का दिन लागेपछि मिश्रको समूहले उक्त अडियो टेप ७ गते अर्थात बुधवार नै सार्वजनिक गराएको थियो ।
स्वीस कम्पनीले बिल्डिङ सहित करिब २८ अर्बमा बनाइदिने भनेको सेक्युरिटी प्रेस स्थापनाका लागि कमिशनको कुरा नमिलेपछि विभिन्न कारण देखाएर अर्को कम्पनीलाई करिब ४० अर्ब रुपैयाँमा ठेक्का दिन लागिएको थियो । योसंगै देशको सभामुख जस्तो पदमा रहेका ब्यक्तीलाई साचोकुरा नबुझि तत्काल राजिनामा दिन लागाउने केपि काम्रेडले यो काण्डमा नैतिकता पेश गर्लान वा नगर्लान त्यो भने हेर्न बाँकी छ ।
FACEBOOK COMMENTS