कामठाडौं – सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले सोमवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गरेका छन् ।
पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ, प्रचारप्रसार तथा समारोह व्यवस्थापनलगायत काम गर्न आवश्यक पर्ने ६७ लाख २३ हजार ७ सय ५० रूपैयाँ अर्थ मन्त्रालयले सामाजिक सुरक्षा कोषलाई उपलब्ध गराउने निर्णय गरेको छ ।
सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले मङ्सिर १७ र १८ गते गर्ने पोल्याण्ड भ्रमण स्वीकृत गरेको छ ।
उक्त बैठकले नेपाल र क्याम्बोडिया सरकारबीच हुने हवाई सेवासम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने स्वीकृति, नेपाल–भारत सुरक्षासम्बन्धी द्वीपक्षीय परामर्श समूहको बैठक आगामी मङ्सिर २७ र २८ गते काठमाडौंमा गर्ने जनाईएको छ ।
त्यस्तै रेल्वे ऐन, २०२० खारेज गरी रेल्वेसम्बन्धी विधेयक, २०७५ तर्जुमा गर्न सैद्दान्तिक स्वीकृति प्रदान गर्ने लगायतका निर्णय गरेको छ ।
FACEBOOK COMMENTS