काठमाडौँ, श्रावण २६ – सरकारले अत्यावश्यक बाहेक दाँतको उपचार नगर्न आग्रह गरेको छ । दाँतको उपचार गर्दा डाक्टर र बिरामी नजिक हुनुपर्ने, बिरामीले मास्क प्रयोग गर्न नमिल्ने भएकाले अत्यावश्यक बाहेक दाँतको उपचारका लागि अस्पताल नजान सरकारले आग्रह गरेको हो ।
कोरोना महामारीका बेला दाँतको उपचारसम्बन्धी प्रोटोकलको बारेमा जानकारी गराउँदै कोरोना संक्रमण फैलाउन दन्त क्लिनिकहरु सहयोगी हुनेतर्फ स्वास्थ्य सेवा विभाग मुख स्वास्थ्य तथा आँखा शाखाका प्रमुख डाक्टर प्रकाश बुढाथोकीले सचेत रहन आग्रह गरेका छन् ।
कोरोना महामारी अझै लामो समयसम्म रहने सम्भावना रहेकाले त्यस बेलासम्म उपचार नपाएमा धेरैले दाँत गुमाउनुपर्ने भएकोले उपचारको लागि मापदण्ड बनाइएको र यसको पालना गरेर मात्रै उपचार गर्न आग्रह गरिएको छ ।
FACEBOOK COMMENTS