काठमाण्डौँ — सरकारले बजेट खर्च बढाउन तीनै सरकारसँग समन्वय गर्ने भएको छ।
संघीय सरकार प्रदेश तथा स्थानीय तहमा हस्तान्तरण गरेका आयोजना कार्यान्वय गर्न नसक्दा बजेट खर्च हुन नसकेपछि तीनै सरकारबीच आयोजना तथा कार्यक्रम कार्यान्वय गर्न समन्वय गर्न लागेको हो।
संघीयता कार्यान्वयनसँगै संघीय सरकारको मातहतमा रहेका आयोजना तथा कार्यक्रम प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएपनि अन्योलताका कारण यसको प्रभावकारी कार्यान्वयन हुन सकिरहेको थिएन।
विनियोजन ऐन, २०७५ मा प्रदेश र स्थानीय तहका योजना तथा कार्यक्रम संघीय सरकार अन्तर्गतका निकायमार्फत कार्यान्वयन गराउन सकिने व्यवस्था छ।
सरकारले सोही ऐनमा टेकेर आयोजना कार्यान्वयनको गाँठो फुकाएको हो।
— नागरीक
FACEBOOK COMMENTS