सानफ्रान्सिस्को– सामसुङले फोल्ड गर्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।
विश्वमै फोल्ड गर्न मिल्ने मोबाइल निर्माण गर्ने सामसुङ पहिलो कम्पनी पनि भएको छ ।
तीब्र प्रतिस्पर्धाका कारण मोबाइलको बिक्री घट्न थालेपछि चिन्तित देखिएको सामसुङले नयाँ विशेषता सहितको नयाँ फोन सार्वजनिक गरेको हो ।
यस फोनमा पाँचौं पुस्ता (फाइभ–जी)को तारविहीन टेलिफोन नेटवर्कमा समेत काम गर्नेछ ।सामान्य स्मार्टफोन र ट्याबलेट दुबै स्वरुपमा विकास गरिएको नयाँ स्मार्टफोनमा कृत्रिम बौद्धिकता र अरु विशेषता थप गरिएको छ ।
अमेरिकाको सानफ्रान्सिस्कोमा सार्वजनिक गरिएको यस फोनको नाम ग्यालेक्सी फोल्ड राखिएको छ ।
एउटै डिभाइसमा ४.६ इन्चको स्मार्टफोन र ७.३ इन्चको ट्याबलेट रहेको छ ।
यो स्मार्टफोन अप्रिल २६ तारिखबाट बजारमा आउनेछ ।
कम्पनीका जस्टिन डेनिसनले नयाँ उपकरणमा तीनवटा एप्स एकैसाथ चलाउन मिल्ने जानकारी दिए । रासस
FACEBOOK COMMENTS