काठमाडौं, जेठ २८ – सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुनिल पोखरेल नियुक्त भएका छन् । बैंकको जेठ २७ गते बिहीबार बसेको ३४५ औं संचालक समितिको बैठकले पोखरेललाई ४ वर्षको लागी सीईओमा नियुक्त गरेको बैंक स्रोतले बताएको छ ।
२०७६ साल जेठ २ गते सिभिल बैंकको डेपुटी सीइओमा नियुक्त भएका पोखरेल २ वर्षपछि सीईओमा नियुक्त भएका हुन् । गत बैसाख १८ गते बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरूङले राजिनामा दिएर म्यानमारको सिटिजन्स बैंककोमा गएपछि बैंकले पोखरेललाई आगामी असार १८ गतेदेखि लागू हुनेगरी सीईओमा नियुक्त गरेको हो ।
गुरुङको राजीनामा दिएपछि पोखरेलले कामु प्रमुख कार्यकारीको जिम्मेवारी पाएका थिए । पोखरेल अनुभवी बैंकर हुन् । उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ ।
उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन् । तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा उनले १९ वर्षभन्दा बढी काम गरेको अनुभव रहेको छ ।
चार्टर्डबाट बाहिरिने समयमा पोखरेल ट्रान्जिक्सन शाखामा सिनियर विजनेश डेभलपमेण्ट म्यानेजर थिए ।
एनआईसी एसिया बैंकमा रिटेल बैंकिगं हेडसँगै चिफम्यानेजर भएर साढे ५ वर्ष काम गरेका थिए । नबिल बैंकमा एसिस्टेण्ट जनरल म्यानेजर तथा रिटेल बैंकिगं प्रमुखको रुपमा पोखरेलले १ वर्ष सम्म काम गरिसकेका छन् ।उनले म्यानमारस्थित युनाइटेड अमरा बैंकमा समेत डेढ वर्ष काम गरेपछि म्यानमारकै एजीडी बैंकमा डेढ वर्ष काम गरेका हुन् ।पोखरेलसँग एनआईसी एशिया बैंक, नबिल बैंक, स्टाण्डर्ड चाटर्ड बैंक लगायत बिदेशी बैंकमा गरी ३० वर्ष काम गरेको अनुभव छ भने पोखरेलको प्रवेशले सिभिल बैंकले प्रगति गरिरहेको छ ।
बिराटनरका स्थायी पोखरेल शेयर बजारमा विशेष रुची राख्ने काठमाण्डू युनिभर्सिटी तथा म्यानमारको जेनेभाविजनेश स्कूलमा भिजिटिगं फ्याकल्टीका रुपमा अध्यापन समेत गराउँदै आएका छन् ।
FACEBOOK COMMENTS