काठमाडौं, वैशाख ३१ । सीईडीबी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) आज शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटलले आज ११ बजे आइपीओ बाँडफाँड गर्ने भएको हो ।
सीईडीबीले यही वैशाख १७ देखि २१ गतेसम्म २५ लाख १८ हजार २०७ कित्ता सेयर निष्कासन गरेको थियो । जसमध्ये १ लाख १५ हजार कित्ता म्यूचुअल फण्डलाई र ५० हजार ३६५ कित्ता कर्मचारीलाई छुट्याइएको छ ।
आईपीओमा परेको कूल आवेदनमध्ये १६ लाख ८५ हजार ६२७ जनाको आवेदन योग्य रहेको क्यापिटलले बताएको छ । अन्य ४८ हजार ३२२ जनाले दिएको आवेदन रद्द भएको छ ।
सेयर भर्चूअल माध्यमबाट बाँडफाँड हुने छ ।
FACEBOOK COMMENTS