काठमाडौं, चैत २२ –सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालयको उद्घाटन गरिएको छ । निर्वाचन आयुक्त डाक्टर जानकी तुलाधरले कार्यालको उद्घाटन गरिकी हुन् । जिल्ला निर्वाचन कार्यालय कैलालीकै भवनमा प्रदेशको समेत काम गर्ने गरी कार्यालय उद्घाटन गरेको हो ।
कार्यालय उद्घाटन कार्यक्रममा निर्वाचन आयुक्त तुलाधरले संघीय संरचना अनुसार आयोगले प्रदेश कार्यालय खोलिएको बताइन् । ‘प्रदेश कार्यालय खोलिएको छ’, उनले भनिन् । ‘प्रदेशको सम्पूर्ण निर्वाचन गतिविधिहरु प्रदेश कार्यालयबाट नै सञ्चालन हुने छन् ।’ उनले निर्वाचन गर्नका लागि सबैको साथ आवश्यक रहेको बताइन् । ‘आवाधिक निर्वाचन गर्न सबैको साथ र समन्वय आवश्यक छ’, उनले भनिन् ।
निर्वाचनलाई स्वच्छ स्वतन्त्र निष्पक्ष विश्वासिलो बनाउनमा आयोग अगाडि बढिरहेको बताउँदै आफ्ना कार्यक्रमहरूलाई पनि परिमार्जित गरेर अगाडि बढिरहेकाले त्यो परिर्माजितमा सबैको सल्लाह सुझाव आवश्यकता रहेको उनले बताइन् ।
कार्यक्रममा सुदूरपश्चिम मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कानुन सचिव गंगाबहादुर खरेल, कैलालीका प्रमुख जिल्ला अधिकरी खगेन्द्रप्रसा रिजालले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।कार्यक्रममा विभिन्न राजनीतिक दल, कार्यालयका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
FACEBOOK COMMENTS