काठमाडौँ — राप्रपाका नेता सुनिल थापासहित १९ जनाले पार्टीबाट राजीनामा दिएका छन् । पार्टीमा पछिल्लो गतिविधिप्रति असन्तुष्टि जनाउँदै आएका पूर्वमन्त्रीसमेत रहेका नेता थापाले शनिबार पार्टी अध्यत्रयलाई राजीनामा बुझाएका हुन् ।
सैद्धान्तिक र वैचारिक मान्यतामा विचलन देखा पर्दा पार्टी दिशाहिन बन्न पुगेको उनीहरुको आरोप छ ।
राजीनामा पत्रमा भनिएको, ुसंविधान निर्माणमा निशर्त भूमिका निर्वाह गरेको, संविधानलाई उत्कृष्ट भनी सत्तामा सहभागी भएको अनि आफ्नै ढुलमुले नीतिका कारण जनमत गुमाएपछि संविधानप्रति असहमति जनाउने कार्य अहिले पनि भइरहेको छ । स्वार्थ र परिस्थिति अनुकूल विचार सिद्धान्त र दृष्टिकोण परिवर्तन हँदा राप्रपाप्रति आमरुपमा विश्वास समाप्त भएको मात्र छैन, संस्थापकहरुको सपनामा पनि आघात पुगेको छ । राप्रपाको द्वेध मनस्थिति र ढुलमुले दृष्टिकोणका कारण पछिल्लो निर्वाचनमा पार्टीले निराशाजनक पराजय भोग्नुपरेको थियो ।ु
राप्रपा नेता मोहन श्रेष्ठले थापाले पार्टी परित्याग गरेर गम्भीर राजनीतिक भूल गरेको श्रेष्ठले बताए । उनले भने,ुउहाँले आफ्ना बुवाको विरासतलाई निरन्तरता दिनबाट चुक्नु भएको छ । पार्टी छाडेर उहाँले गम्भीर राजनीतिक भूल गर्नुभएको छ ।ु
थापा राप्रपाका केन्द्रीयस्तरका नेता हुन् । नेता थापा कांग्रेस प्रवेश गर्ने चर्चा चलिरहेको छ ।

राजीनामा दिनेहरु

१ सुनिलबहादुर थापा (धनकुटा, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं पूर्वमहामन्त्री, राप्रपा, ९पूर्वमन्त्री उद्योग वाणिज्य०

२ विष्णुविक्रम थापा( सिन्धुपाल्चोक, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य, राप्रपा, पूर्व गृहराज्यमन्त्री
३ बाबुराम बस्नेत (भोजपुर, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य एवं सचिवालय सदस्य, राप्रपा
४ बृजलाल यादव (बारा, उच्चस्तरीय कार्य सम्पादन समिति सदस्य एवं पूर्व सहायक महामन्त्री
५ पदमबहादुर बस्नेत ( धनकुटा, केन्द्रीय सदस्य, पूर्वजिल्ला सभापति धनकुटा
६ किरण गिरी( काठमाडौं, केन्द्रीय सदस्य एवं प्रवक्ता, राप्रपा
७ दिलीप राई( झापा, केन्द्रीय सदस्य
८ आशाराम चौधरी( कैलाली, केन्द्रीय सदस्य
९ चन्द्रकुमार घुण्डे गुरुङ( संखुवासभा, केन्द्रीय सदस्य, राप्रपा
१० राज्यलक्ष्मी श्रेष्ठ( नुवाकोट, संविधान सभा सदस्य
११ चतुरमान विश्वकर्मा( झापा, केन्द्रीय सदस्य
१२ राम पदारथ शाह( सर्लाही, केन्द्रीय सदस्य
१३ वीरेन्द्रलाल कर्ण( धनुषा, पूर्वकेन्द्रीय सदस्य
१४ नारायण राउत( भोजपुर, पूर्वकेन्द्रीय सदस्य
१५ इन्द्रबहादुर तामाङ( सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, जिविस उपसभापति
१६ राजकुमार भट्टराई( सिन्धुपाल्चोक, पूर्वजिल्ला अध्यक्ष, शिक्षक परिषद्
१७ डम्बरबहादुर राई( भोजपुर, महाधिवेशन प्रतिनिधि
१८ माधव पौडेल( सिन्धुपाल्चोक, जिल्ला कार्यसमिति सदस्य
१९ अर्जुनविक्रम थापा( सिन्धुपाल्चोक, पूर्वगाविस अध्यक्ष
यो पनि पढ्नुहोस्