काठमाण्डौं– नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष उमेशलाल श्रेष्ठले सौन्दर्य व्यवसाय महिलालाई सक्षम बनाउने व्यवसाय रहेको बताएका छन् ।
सौन्दर्य कला व्यवसायी संघ नेपालको दशौं साधारण सभालाई संबोधन गर्दै महिलालाई स्ववलम्बन बनाउने पेशा सौन्दर्य कला व्यवसाय रहेको बताएका हुन् ।
उपाध्यक्ष श्रेष्ठले जो महिला स्वबलम्बन हुँदैन उ कहिल्ले खुसि नहुने बताए । उनले सौन्दर्य व्यवसाय व्यापारमात्र नभएर सेवाको व्यवसाय भएको बताएका हुन् ।
सौन्दर्य कला व्यवसायी संघ देशको ६० जिल्लामा पुर्याएको भन्दै संघका अध्यक्ष कमला श्रेष्ठको प्रशंसा गरे । सौन्दर्य व्यवसय प्रति नकरात्मक बुझाईलाई परिवर्तन गर्न सक्नु ठुलो संघको उपलब्धी रहेको बताए ।
श्रेष्ठले ‘व्युटी व्यवसाय अहिले भ्याटको विषयमा अलमलमा छ । हामिले भ्याट तिर्दैनौ भन्न त मिल्दैन तर एउटा योजना बनाएर गयौ भने यो समस्या बाट हामी मुक्त हुन सक्छौ । उद्योग वाणिज्य महासंघमा पनि यसबारेमा छलफल भएको छ । मन्त्री र सचिवहरु संग छलफल भैरहेकोले यसले छिट्टै निकास पाउने विश्वास लिएका छौ ’ भने ।
FACEBOOK COMMENTS