काठमाण्डौँ — नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवार शुरु भएको छ ।
स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४ रुपैयाँ ८९ पैसा र अधिकतम २२४ रुपैयाँ ६७ पैसा रहने गरी मूल्य निर्धारण गरेको छ ।
माथिल्लो तामाकोशीले गत बिहीबार १० करोड ५९ लाख कित्ता साधारण शेयर सूचीकृत गरेको थियो ।
कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।
सो आयोजनाको हाल ९७ प्रतिशत भौतिक निर्माण सकिएको छ ।
आगामी कात्तिकदेखि व्यावसायिक उत्पादन शुरु गर्ने तयारी गरेको छ ।
— कारोबार
FACEBOOK COMMENTS