परशुराम कुँवर क्षेत्री क्षेत्री नेपालको सबैभन्दा ठुलो बैंक ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत हुन । जनता बैंक र ग्लोबल आइएमई बैंक मर्ज हुनु अघि क्षेत्री जनता बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । बैकिङ्ग क्षेत्रको लामो अनुभव बटुलेका क्षेत्री नेपालको आर्थिक एवं वित्त संबन्धका राम्रा जानिफकार मध्ये एक मानिन्छन् । (क) वर्गका दुई बैंकहरु ग्लोबल आइएमई र जनता बैंक बीचको मर्जले नेपालको वित्त क्षेत्र तरंगित बनेको अवस्थामा मर्जर प्रोसेस, मर्ज पछिको बैंकको वित्तिय अवस्था आदी विषयमा कर्पोरेट पत्रिकाका सरोज ओझाले क्षेत्रीसँग गरेको कुराकानी ः
जनता बैंक र ग्लोबल आइएमई बैंक मर्जरमा गएर देशकै ठूलो बैंक ग्लोबल आइएमई बैंक सञ्चालनमा आएको छ । अब बैंकहरु मर्जरमा जानुपर्छ भन्ने सोच कसरी आयो ?
साबिकको जनता बैंकमा कामगर्दा म धेरै समय उपत्यका बाहिर जादाँ साना शहरमा पनि एउटै घरमा तीन चारवटा बैंकका शाखा देख्ने गर्दथे । यस्तो देख्दा मलाई यति थोरै जनसंख्यामा यति धेरै बैंकको आवश्यकता छ त भन्ने प्रश्न मनमा उठ्थ्यो । त्यसपछि मैले अध्ययन गर्न थाले भने विभिन्न विज्ञहरुले नेपालमा बैंकको संख्या धेरै भएको भन्ने कुरा पनि सुने । नेपालमा त्यो समय २८ बटा बाणिज्य बैंक थिए भने त्यति नै हाराहारीमा विकास बैंकहरु थिए । अझ क्षेत्रिय स्तरका विकास बैंक र फाइनान्स पनि धेरै मात्रामा रहेका थिए । वाणिज्य र राष्ट्रिय स्तरका बैंकलाई अध्ययन गर्दा नेपालमा साढे सात लाख मानिसलाई एउटा बैंक पर्दथ्यो । अझ क्षेत्रिय स्तरका विकास बैंक र फाइनान्स पनि हेर्दा यो संख्या अझ कम हुन जान्छ । मैले हाम्रो छिमेकी मुलुकमा यसको बारे अध्ययन गर्दा नेपाल भन्दा जनसंख्या तथा आर्थिक रुपले ठूलो राष्ट्र भारतमा डेढ करोड जनसंख्यालाई एउटा बैंक छ भन्ने थाहा पाएँ । त्यसै गरी बंगलादेशमा ३० लाखका लागि एक बैंक रहेको छ । अझ नैपालमा शाखाको कुरा गर्ने हो भने प्रतिशाखा ६ हजार जनसंख्यालाई पर्न आउँछ ।
मलाई यति धेरै बैंकको आवश्यकता नेपाल जस्तो आर्थिक तथा जनसंख्याले पनि कम भएको देशमा आवश्यक छैन् भन्ने लाग्यो र यो कुरा हाम्रो संचालक समितीको बैंठकमा पनि उठाए । उहाँहरु पनि मेरो कुरामा सहमत हुनुभयो । बजेटमा पनि यो कुरा उठ्यो भने राष्ट्र बैंकले पनि बैंकहरुलाई मर्जरमा जान आग्रह ग¥यो । तर हामीले बजेटमा कुरा उठ्नु भन्दा पहिले नै मर्जरमा जाने बारे छलफल गरिसकेका थियौं । त्यसै गरी साविकको ग्लोबल आइएमई बैंकमा पनि त्यहि खालको सोच र तयारी रहेको पाइयो र हाम्रो संचालक समितीको कुरा मिल्यो । सबैको सहमति पश्चात हामी जनता बैंक र ग्लोबल आइएमई बैंक मर्जरमा गएर संयुक्त रुपमा ग्लोबल आइएमई बैंकका नाममा मंसिरदेखि कारोबार शुरु ग¥यौं । हामी १८ वटा बैंक तथा वित्तिय संस्थाहरुको संगम हो भने पूँजीका हिसाबले देशकै ठूलो बैंक हौं ।
ग्लोबल आइएमई बैंक संरचनात्मक रुपमा हाल कस्तो अवस्थामा रहेको छ ?
हाल ग्लोबल आइएमई बैंकको देशभर तीन सय शाखाहरु रहेका छन् भने त्यती नै संख्यामा ब्रान्चलेस बैकिङ्ग आउलटेलहरु रहेका छन् । हामीसँग ३२ सय कर्मचारीहरु रहेका छन् । आश्विन महिना सम्मको कोर क्यापिटल २४ अर्ब, निक्षेप २ सय १३ अर्ब तथा लगानी १ सय ९४ अर्बको रहेको छ । हामी हिजोका दिन भन्दा अझै सवल बैंक भएका छौं ।
ग्लोबल आइएमई बैंकको कर्जा प्रवाह र निक्षेपको स्थिती कस्तो रहेको छ ?
हामी कर्जा प्रवाह र निक्षेपमा राष्ट्र बैंकले निर्धारण गरेको सीमा भित्रै एकदमै सहज स्थितीमा छौं । ठूलो बैंक, धेरै शाखाहरु तथा शाखारहित बैकिङ्ग आउलटेलहरुका साथै रेमिट्यान्सको बेस पनि एकदमै बलियो रहेकाले हामी लिक्युडिटी र सिडिओसिका आधारमा एकदमै राम्रो अवस्थामा छौं ।
ग्लोबल आइएमई बैंकले लगानीका लागि कुनै क्षेत्रलाई प्राथमिकतामा राखेको छ ?
नेपालको इकोनोमी सानो इकोनोमी हो । हामीले यो क्षेत्रमा मात्र लगानी गर्छौ अर्कामा गर्दैनौं भन्न मिल्दैंन् र त्यो जोखिम व्यवस्थापनको आधारमा पनि उचित हुदैंन् । हामीले आफ्नो लगानीलाई विविधीकरण गर्नु नै पर्दछ । मैले पहिले नै भने हामी १८ वटा बैंक तथा वित्तिय संस्थाको संगम हौं । त्यसैले हामी गाँउ गाँउसम्म पुगेका छौं । त्यसैले हामीकहाँ साना तथा मझौला लगानीहरु धेरै छ भने कर्पोरेट लोन अरु बैंकको तुलनाामा कम मात्रामा रहेको छ । अरु बैंकले कृषि क्षेत्रमा राष्ट्र बैंकले तोकिदिएको लक्ष्य पु¥याउन गाह्रो भएको अवस्थामा हामी भने कृषि लोनमा सहज अवस्थामा रहेका छौं । हामीले कृषि क्षेत्रमा धेरै नेपाली आत्मनिर्भर रहेकाले पनि कृषि लोनलाई अझै बढाउँदैं लैजाने निती लिएका छौं । जबसम्म ग्रामिण अर्थतन्त्र सबल हुदैंन् देशको अर्थतन्त्र पनि सबल नहुने भएकाले देशको जिडिपीमा महत्वपूर्ण भूमिका रहेको कृषिलाई महत्व दिएर लगानी बढाईरहेका छौं ।
सरकारले हरेक स्थानिय तहहरुमा बैंक तथा वित्तिय संस्था पु¥याउने लक्ष्य राखेकोे छ । स्थानिय तहहरुमा बैकिङ्ग पहूँच विस्तार गर्ने क्रममा ग्लोबल आइएमई बैंक अहिलेसम्म कहाँ कहाँ पुगेको छ ?
हाल सम्मको तथ्यांक हेर्ने हो भने १२ वटा स्थानिय निकायमा बैंकको पहुँच नपुगेको देखिएको छ । हामीले अहिलेको अवस्थामा ४० ठाँउमा सरकारी कारोबारहरु गरिरहेका छौं । त्यस बाहेक हाम्रो रेभिन्यू काउन्टरहरु ९ वटा रहेका छन् । हामी गाँउपालिकामा पुगिसकेका छौं भने टाढा टाढा रहेका वडामा पनि शाखारहित बैकिङ्ग सेवा पु¥याइरहेका छौं । शाखारहित बैकिङ्ग सेवा पु¥याइएका ठाँउमा काउन्टर तथा शाखाको आवश्यकता महशुस भएमा हामी ती ठाँउमा पनि शाखा विस्तार गर्दै जानेछौं ।
गाँउ गाँउमा बैंक तथा वित्तिय संस्थाहरु स्थापना गर्दा आउने इन्टरनेट तथा अन्य प्रविधिजन्य समस्याहरु के के छन् ?
प्रविधि विना हामी कुनै पनि बैंकिङ्ग कारोबार गर्न सक्दैनौं । शाखाबाट गरिने कारोबार होस् वा शाखारहित बैकिङ्ग आउटलेटबाट पु¥याउने सेवा सबैका लागि प्रविधिको आवश्यकता पर्दछ । अझ हामी मोवाईल बैकिङ्गको विस्तारमा रहेका छौं । यो प्रविधि आइसकेको छ । यसबारे जनतालाई प्रशिक्षित गराउने काम गर्नुछ । मोवाइल बैकिङ्ग चलाउन मात्र जानेको खण्डमा हामीले पैसा बोक्नुपर्ने आवश्यकता नै रहदैन् । सबै भूक्तानी मोवाइल बैकिङ्ग मार्फत नै गर्नसक्छौं । यसले गर्दा सरकारको नोट छपाईमा हुने खर्चको बचत भयो भने अर्का तर्फ कारोबारमा पारदर्शिता पनि कायम हुन्छ । मोवाइल बैकिङ्ग मार्फत हामीले तरकारी किनेको पैंसा तिर्नेदेखि ठूला आर्थिक कारोबारसम्म गर्न सक्छौं । राष्ट्र बैंकको पछिल्लो आँकडा हेर्ने हो भने पनि मोवाइल बैकिङ्ग प्रयोगकर्ता अघिल्लो बर्षको तुलनामा निकै बढेका छन् । यसलाई सकारात्मक रुपमा लिनुपर्दछ । साथै मोवाइल बैकिङ्गले हरेक ठाँउमा बैंक पुग्नुपर्ने बाध्यतालाई पनि अन्त्य गरिदिन्छ ।
ह्याकरहरुका कारण बैकिङ्ग क्षेत्रमा चुनौती थपिएको छ भनिन्छ । यसलाई कसरी हेर्नुभएको छ ?
नेपालमा मात्र होईन् विश्वका हरेक बैंक, सरकार र केन्द्रिय बैंकहरुका लागि ह्याकरहरु टाउको दुखाईको विषय बन्दै आएको अवस्था छ । त्यसैले यो ठूलो चुनौतीको रुपमा देखा परेको छ । विश्वका अन्य राष्ट्रसँग तुलना गर्दा हामीकहाँ त्यति ठूलो समस्याको रुपमा नदेखिएता पनि केहि हुदैन् भनेर हात नै बाँधेर बस्ने अवस्था भने छैन् । बाहिरतिर यस्ता फ्रडहरु प्रत्येक बर्ष २० देखी २२ प्रतिशतले बढीरहेका छन् । यसबाट बच्न हामीले गर्ने हरेक क्रियाकलापमा ह्याकरहरुले कसरी यसलाई हानी पु¥याउन सक्छ भन्ने कुराको डिस्कसन र डिबेट गर्ने र कसरी यसको समाधान गर्न सक्छौं भन्नेबारेमा पनि डिस्कसन र डिबेट गर्ने र त्यस अनुरुपको काम गर्नु पर्दछ । साथै हाम्रो प्रविधिमा लगानी गर्ने, प्रविधिमा निगरानी गर्ने र नयाँ नयाँ प्रविधि सुरक्षित तरिकाले उपयोग गर्ने गर्नु पर्दछ । यसले गर्दा बैकिङ्ग क्षेत्रमा आउने चुनौती कम भएर जान्छन् ।
प्रहरीबाट बैकिङ्ग क्षेत्रमा भएका अपराधको छानविनका क्रममा बैंकले सहयोग गरेनन् भन्ने कुरा आएको छ यसमा कत्तिको सत्यता छ ?
होइन् यो कुरा गलत हो । हामीले हरेक किसिमबाट प्रहरी र अनुसन्धानकर्तालाई सहयोग गरेका छौं । प्रहरीले अपराधी समाउँछु भन्दा हामीले किन सहयोग नगर्ने ? यो त सबै बैंकका लागि राम्रो काम हो । भर्खरमात्र भएका फर्जी एटीएम कार्ड तथा फर्र्जी चेकबाट रकम लुटिएको केसमा प्रहरीलाई बैंकका कर्मचारीको सहयोग गरे । र त अपराधी पक्र्रन प्रहरी सफल भयो । त्यसैले यो कुरामा कुनै सत्यता छैन् ।
सामाजिक सुरक्षा कोषमा जाने सम्बन्धमा बैंकहरुको केहि असहमति रहदैं आएको भन्ने सुनिन्छ , यस बारे केहि प्रस्ट पारिदिनुहोस् न ?
सयौं बर्ष अघि पूँजीवादी देशहरुले सामाजिक सुरक्षाको अवधारणा ल्याएका थिए । हाम्रोमा यो धेरै पछि आयो । हाम्रो लागि सामाजिक सुरक्षाकोष चाहिन्छ यसमा कुनै दुविधा छैन् । तर जुन किसिमले सामाजिक सुरक्षामा जाने भनिएको छ त्यसले सरकारी र निजी क्षेत्रमा विभेद गरिएको छ । यसबारे हामीले बोलेका पनि छौं र लेखेका पनि छौं । निजी क्षेत्रका कर्मचारीले सामाजिक सुरक्षा योजनामा गएपछि प्राप्त गर्ने सेवा सुविधा र सरकारी कर्मचारीको निवृत्ति भरण पश्चात प्राप्त गर्ने सेवा सुविधामा विभेद भएको देखिएको छ । यसमा देखिएको विभेद समाधान गरिदिनुहोस् हामी सामाजिक सुरक्षा योजनामा आउँछौं भनी राष्ट्र बैंकलाई समेत पत्र लेखेका छौं ।
ग्लोबल आइएमई बैंक सामाजिक सुरक्षामा योजनामा आवद्ध भएका छौं तर हामीले योगदान पठाउन सकेका छैनौं । हाम्रा कर्मचारीले यस कुरालाई उठाएर सामाजिक सुरक्षामा योजनामा जान मानिरहनु भएको छैन् । हामीले यसको समाधानका लागि पहल गरिदिन सरकारसँग आग्रह पनि गरेका थियौं । यो राम्रो योजना हो र हामी यसमा जानु पर्छ भन्ने हाम्रो धारणा रहेको छ ।
ग्लोबल आइएमई बैंकको आगामी योजनाहरु के के छन् ?
ग्लोबल आइएमई बैंक जनमानसको जिब्रो जिब्रोमा झुन्डिएको नाम हो । हामी १३ औं बर्ष पार गरी १४ औं बर्षमा प्रवेश गर्दैछौं । हाम्रो शाखा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म फैलिएर ग्राहक वर्गहरुलाई सेवा पु¥याउदै आएका छौं । मर्जर पश्चात हामी आर्थिक रुपले झनै बलियो भएका छौं । यसको फाइदा हाम्रो आम ग्राहकहरु र सरोकारवालाहरुले पनि उठाउँनु पर्दछ । हामीले छिटो, सरल र सर्वसुलभसुविधा सस्तोमा रुपमा जनमानस समक्ष पु¥याउने काम गरिरहेका छौं र आगामी दिनमा पनि गर्दै जानेछौं ।
FACEBOOK COMMENTS