नेपाल जेसीज भनेको के हो ? यो कस्तो संस्था हो भन्ने बारेमा केहि प्रष्ट पारिदिनुहोस् ?
नेपाल जेसिस युवाहरुको विश्वव्यापी संगठन हो । यो संगठन १२० वटा राष्ट्रमा रहेको छ । एउटा युवालाई समाजमा स्थापित गराई उसलाई उत्कृष्ट बनाउने नै जेसिसको मुख्य काम हो । त्यसलगि आवश्यक पर्ने नेतृत्व विकाश गर्ने,समाजिक काममा अग्रसर हुने जस्ता काम जेसीजले गर्दै आएको छ ।
नेपाल जेसीजले उद्यमशिलताको क्षेत्रमा कस्तो खालको योगदान गर्दै आएको छ , यसले के गर्छ भन्ने सन्दर्भमा प्रस्ट पारिदिनुस न् ?
एउटा युवालाई अनिवार्य चाहिने विषय भनेको उद्यमशिलता हो । त्यसका लागि हामीले विभिन्न तालिमहरु प्नि दिदैं आएका छौं । हाम्रो संगठन विभिन्न देशमा फैलिएको भएकाले पनि हामीले निर्यातमुखी उद्यमशिलतालाई प्राथमिकताका साथ राखेर काम गछौं । जेसिसको नियमित कार्यहरु हुन्छन् । हामीले बर्षको बाह् तेह् वटा कार्यक्रमहरु गरिरहेका हुन्छौं ।त्यसै गरी जेसिसका स्थानिय संगठनहरुबाट पनि विभिन्न कार्यक्रम हुने गर्दछ । त्यसै गरी जेसिस मार्फत युवा कसरी सक्षम बनाउन सकिन्छ, नेतृत्व विकास, संगठनिक विकास, सामाजिक काममा समर्पित गर्ने जस्ता सामाजिक हित हुने काम गर्दै आएको छ ।
जेसिजले युवाहरुलाई अन्तर्राष्ट्रियकरण गर्ने भन्दै आएको छ , वास्तवमा यसको औचित्य के रहेको छ ?
नेपालको जुनसुकै कुना कन्दरामा जन्मेको युवाको पनि जेसिसमा आवद्ध भइसके पछिको यात्रा भनेको अन्तर्राष्ट्रिय सम्मको यात्रा हो । उसलाई एउटा स्थानिय युवा देखि अन्तर्राष्ट्रिय स्तरको युवा सम्म विकाश गर्ने जेसिसको मुख्य लक्ष्य हो । त्यसका लागि हामीले एकेडेमिक, वर्कसप, ट्रनिङ्गको मार्फत हुदैं अन्तर्राष्ट्रिय स्तरको ट्रनिङ्ग सम्मको हामीले यात्रातय गराउँछौं । यसले एउटा इन्टेलिजेन्ट युवालाई अन्तर्राष्ट्रियकरण गरेर त्यहाँको व्यवसायी बनाउने हो की, नेतृत्वमा जान सक्ने बनाउने भन्ने हाम्रो मुख्य लक्ष्य हो । त्यसै गरी व्यापारमा अगाडी बढ्न चाहने युवालाई जेसिसका १२० राष्ट्रमा रहेका जेसिस युवाहरुले सहयोग पाउन सक्छन् । नेपालमा उत्पादित सामान १२० राष्ट्रमा पु¥याउन सकिन्छ ।
जेसिजमा आवद्ध हुन चाहने युवाले के गर्नु पर्छ ?
जेसिजमा आवद्ध हुनका लागि त्यहाँको लोकल स्तरमा रहेको जेसिसमा गएर तोकिएको निश्चित रकम तिरेर सदस्यता लिन सकिन्छ । सदस्यता लिएपछि दुई बर्षसम्म उ कति सकारात्मक छ ? सामाजिक काममा कति सक्रिय छ भनी हेरिन्छ भने यही अवधिमा असको व्यक्तित्व विकास, नेतृत्व विकास गर्न विभिन्न तालिम र प्रशिक्षण दिईन्छ । त्यस पछि मात्र उसले भोट गर्न पाउने अधिकार प्राप्त गर्दछ भने जेसिसका विभिन्न पदमा उम्मेद्धवारी दिन सक्छ ।
जसीज राष्ट्रिय अध्यक्षको रुपमा चुनावी अभियानमा होमिदै गर्दा कस्ता खालका एजेण्डाहरु तपाईले बोक्नु भएको थियो ।
जेसिसमा मुख्य स्वयमसेवकको कुरा हुन्छ । जेसिआइले अंगिकार गरेको सिद्धान्तहरु नै नेपालका युवाहरुको चौतर्फि विकाशका लागि स्थानिय जेसिससँग सहकार्य गरेर कसरी सकारात्मक रुपमा अगाडी बढाउँने भन्ने नै मुख्य हो । स्थानीय र केन्द्रको राम्रो सहकार्य हुन सकेमा मात्र स्थानीय युवाहरुमा त्यो कार्यक्रम पुग्छ र जेसीजकोमुल मर्म अनुसार उसले आफुमा सकारात्मक परिवर्तन ल्याउँछ । जेसीजमा बसेर स्थानिय र केन्द्रलाई जोडेर युवाको चौतर्फी विकाशमा काम गर्नु नै मेरो मुख्य रणनिती हो ।
हरेक संस्थामा राजनितीक प्रभाव परेको छ भन्ने गरिन्छ , यस सन्दर्भमा हालै सम्पन्न जेसिस निर्वाचनमा कतिको राजनितीक प्रभाव पर्यो ?
संघसंस्था आम मानिसका लागि हुन्छ र यसले समाजलाई बाधेर राख्ने काम गर्छ । तर यसमा राजनीती घुस्यो भने त्यसले समाजलाई दुई टुक्रामा विभाजित गर्छ । त्यसैले संघसंस्थामा राजनिती नघुसेकै राम्रो हो । जेसिसको पनि आफ्नै संस्कार छ त्यही अनुरुप स्वच्छ वातावरणमा जेसिसको चुनाव सम्पन्न भएको छ ।
यहाँहरुले युवाको क्षमता विकास गर्न कस्ता कार्यक्रमहरु तय गर्नु भएको छ ?
एउटा जेसिसमा लागेको युवाले आफ्नो घरपरिवार कति खुसी राख्न सक्यो भन्ने बारेबाट हामीले हेछौं । यदि जेसिसले एउटा घरपरिवार खुसी राख्न सक्ने युवा जन्माउन सक्यो भने त्यसले त्यो समुदायलाई सकारात्मक बाटोमा लैजान्छ । त्यही समुदायहरु मिलेर नै देश बन्ने हो । हामीले एकै पटक देश बनाउँछौ मात्र भनेर हुदैंन् । त्यसैले जेसिसले व्यक्तिको विकाशमा धेरै जोड दिन्छ र हाम्रो कार्यक्रमहरु पनि त्यससँग सम्बन्धित रहेर तय गरिएका हुन्छन् । जेसिसमा संलग्न एउटा युवा देशमा मात्र होइन् अन्र्तराष्ट्रिय स्तरमा नै नेतृत्व गर्न सक्छ ।
FACEBOOK COMMENTS