काठमाडौं, वैशाख १३ – सोमबार पनि शेयर बजारमा ठूलै पहिरो गयो । यसदिन ६५.५८ अंकले घटेर नेप्से परिसूचक २५०६.६१ विन्दुमा झरेको छ । यो गिरावट २.५५ प्रतिशत हो ।
यस्तै सेन्सेटिभ इन्डेक्स पनि २.४२ प्रतिशत घटेर ४५२.७९ विन्दुमा झरेको छ । यो दिन सेन्सेटिभ इन्डेक्स ११.२५ अंकले घटेको हो । २५७१.५० विन्दुदेखि खुलेको बजार २५७७.५८ विन्दुसम्म पुगेको थियो ।
आइतबारदेखि नै उच्च अंकले घटेको बजारमा सोमबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ ।
आज सोमबार कारोबार रकम ६ अर्ब ५९ करोड ९ लाख २८ हजार रुपैयाँमा सिमित भएको छ । २२० ओटा कम्पनीको ८६ हजार ९२ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड २९ लाख ११ हजार ७२१ कित्ता शेयर कारोबार भएको हो ।
सोमबार सबै समूहगत परिसूचक घटेको छ ।
FACEBOOK COMMENTS