काठमाडौ, – जबरजस्ती करणी उद्योगको अभियोग लागेका तात्कालिन सभामूख कृष्णबहादुर महरामाथिको थुनछेक बहस सकिएको छ ।आइतबार शुरु भएको थुनछेक बहस आज सोमबार मात्रै सकिएको हो । थुनछेक बहसमा महरामाथि बलात्कार प्रयासको आरोप लगाउने पीडित महिलाका रुपमा किटान गरिएकी रोशनी शाही समेत काठमाडौं जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । अदालतको आदेशानुसार पीडित भनिएको शाहीलाई प्रहरीले अदालतमा उपस्थित गराएको हो ।
अदालतमा उपस्थित भई बयान दिने क्रममा उनले मिडिया र प्रहरीले आफूलाई ट्रायल गरेको बताईन । अदालतले सम्भवतः अबको केही बेरमा नै थुनछेक आदेश जारी गर्नेछ । जबरजस्ती करणी उद्योग मुद्दाको पुर्पक्षका लागि महरालाई साधारण तारेखमा राख्ने, धरौटी तिराएर तारेखमा राख्ने वा र पुर्पक्षमा पठाउने भनेर अदालतले आदेश जारी गर्नेछ ।
महरामाथि झन्डै १ महिनाको अनुसन्धान पछि बिहीबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करणी उद्योग र पदीय ओहोदाको दुरुपयोग गरी कसुर गरेको अभियोगमा साढे ७ वर्ष कैद सजाय मागदाबी गरेको छ ।
FACEBOOK COMMENTS