काठमाडौं । आरविवि म्युचुअल फण्ड १ को इकाईहरु सार्वजनिक निष्काशन आजदेखि बन्द हुने भएको छ । एक अर्ब रुपैयाँ बराबरको याे योजना आज साँझदेखि बन्द हुने भएको हाे ।यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।
यो एक बन्दमूखि योजना हो र योजनाको अवधि ७ वर्ष रहने छ । कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ प्रतिशत तथा योजना व्यवस्थापकले २ (दुई) प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ । प्रतिईकाई मुल्य १० रुपैयाँ रहेको म्युचुअल फण्डमा अधिकतम एक करोड ईकाई संख्यासम्म लगानी गर्न सकिने छ ।
नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि-आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयमा गई आवेदन दिन सकिन्छ । मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताले मेरो सेयरको वेवसाइटमा गई आवेदन दिन सक्नेछन् ।
असार २३ गते बुधबारदेखि सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको यसमा माग भन्दा बढी इकाई खरीदका लागि आवेदन प्राप्त भएकाले आज (असार २७ गते) बैंकिङ्ग समय पश्चात् इकाईका लागि आवेदन लिने कार्य बन्द गर्न लागिएको क्यापिटलले जनाएको छ ।
FACEBOOK COMMENTS