काठमाण्डौँ — एनआईसी एशिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ ।
ग्राहकहरूको चाहना अनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको जनाएको छ ।
बैंकसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी मुद्राको नगद संञ्चित यथेष्ठ रहेको पनि बैंकले जनाएको छ ।
प्रचलित विनिमय दर बमोजिम ग्राहकहरूको आवश्यकता अनुसार निर्वाध सटही सुविधा प्रदान गरिरहेको पनि बैंकले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
प्रक्रिया पुयाएर आउने ग्राहकले भिसा यूएसडी प्रिपेड कार्डसमेत ढुक्कसँग खरिद गर्न सक्ने पनि बैंकले जानकारी दिएको छ ।
FACEBOOK COMMENTS