काठमाडौं, कात्तिक २४ – कोरोना भाइरसको संक्रमणबाट मोरङमा एकै परिवारका २ जना दाजुभाईको मृत्यु भएको छ । केराबारी गाउँपालिका–३ मा ६ दिनको अन्तरालमा कोरोना संक्रमणबाट एकै परिवारका दाजुभाईको मृत्यु भएको हो ।
केराबारी गाउँपालिका–३ का ५७ वर्षीया पुरुषको कोरोना संक्रमणबाट कात्तिक १८ गते मृत्यु भएको थियो । त्यसको ६ दिनपछि (आइतबार) उनका ५९ वर्षीय दाईको पनि मृत्यु भएको केराबारी गाउँपालिकाले जानकारी दिएको छ ।
५९ वर्षीय दाईको विराट मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । आइतबार मृत्यु भएका उनमा कात्तिक ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो । दसैंको टीकाको दिनयता उनी अस्पतालमा थिए ।
FACEBOOK COMMENTS