काठमाण्डौँ — ग्लोबल आइएमई बैंक लि. र चन्द्रागिरि हिल्स लि.बीच चन्द्रागिरि केबुलकारको टिकट खरिदमा छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्रमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याल र चन्द्रागिरि हिल्सका महाप्रबन्धक अभिषेक विक्रम शाहले हस्ताक्षर गरे ।
उक्त सम्झौता पश्चात ग्लोबल आइएमई बैंक लि. का डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका ग्राहकले चन्द्रागिरिको थानकोट स्थित काउण्टरबाट केबुलकारको टिकट खरिद गर्दा २० प्रतिशतछुट पाउने छन ।
काठमाण्डौको थानकोटमा रहेको पर्यटकिय गन्तब्यको रुपमा रहेको चन्द्रागिरीमादिनप्रतिदिन बढ्दै गएको चापलाई ध्यानमा राख्दै ग्लोबल आइएमई बैंकले ग्राहकलाई सहुलियत दिने उद्देश्यले उक्त सम्झौतामा हस्ताक्षर गरेको हो ।
ग्लोबल आइएमई बैंकले आफ्नाग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्तअन्य सुविधाहरु प्रदानगर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्नखाले योजनाहरु ल्याईरहेको छ ।
FACEBOOK COMMENTS