मदन तिमल्सेना ,
तनहुँ – सोमबारको अविरल वर्षापछि आएको बाढीका कारण तनहुको व्यास नगरपालिका वडा नं ९ मा ज्यान गुमाएका व्यक्तिका आफन्तजनलाई राहत रकम प्रदान गरिएको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हरि बहादुर चुमानले सोमबार मृत्यु भएका व्यक्तिका आफन्तजनलाई जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट राहत रकम प्रदान गरेका छन ।
मन्त्री चुमानले प्राकृतिक प्रकोप पीडितलाई प्रदेश सरकारले पनि राहत उपलब्ध गराएको बताए । मन्त्री चुमानले पहिरो गएको स्थलको अनुगमन गर्दै पीडित परिवार र स्थानीय बासिन्दासँग छलफल पनि गरे ।
प्राकृतिक प्रकोपमा परि ज्यान गुमाउनेलाई प्रति मृतक एक लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने संघिय सरकारको निर्देशन र प्रदेश सरकारबाट ५० हजार रुपैया थप गरेर १ लाख ५० हजार रुपैयाँ मृतक सुकमाया घर्तिका श्रीमानलाई उपलब्ध गराईएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए ।
साथै व्यास नगरपालिका वडा नम्बर ९ माझफाटमा बेपत्ता एक जनाको इस्काईभटर प्रयोग गरेर खोजि कार्य भई रहेको छ । उक्त कार्यको मन्त्री चुमानले निरिक्षण गरेका थिए । सो क्रममा गण्डकी प्रदेशका सभासद राम बहादुर गुरुङ, आशा कोईराला , डोबाटे वि।क।, सरिता गुरुङ, प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारी, प्रहरी उपरिक्षक अरुण पौडेल लगायतको उपस्थिती रहेको थियो ।
FACEBOOK COMMENTS