काठमाडौँ — तनहुँ जलविद्युत् आयोजनाको मुख्य निर्माण कामको ठेक्का इटाली र चिनियाँ कम्पनीले पाएका छन् ।
१४० मेगावाट क्षमताको आयोजनाको लागि खोला फर्काउने र बाँधसहित कामको जिम्मा इटालियन कम्पनी
सीएमसीले पाएको छ ।
आयोजनाको सुरुङ, विद्युत् गृह निर्माण र हाइड्रोमेकानिलक तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनसहितको काम चिनियाँ कम्पनी सिनो हाइड्रोले पाएको हो ।
दुवै कम्पनीले आआफ्ना कामका लागि सबैभन्दा कम रकम कबुलेकाले छनोट गरिएको आयोजनाले जनाएको छ ।
दुवै कम्पनीलाई कार्यसम्पादन जमानतसहित सम्झौतामा आउन पत्राचार गरिएको आयोजनाले जनाएको छ ।
दुवै कम्पनीले पत्र बुझिसकेका छन् ।
तनहुँ हाइड्रोका प्रबन्ध सञ्चालक प्रदीपकुमार थिकेले पत्र बुझेको २८ दिनभित्र दुवै कम्पनीसँग खरिद सम्झौता भइसक्ने जानकारी दिए ।
खरिद सम्झौता भएको दुई महिनापछि आयोजनाको काम सुरु हुने उनले जानकारी दिए ।
आयोजनाको काम २०२३ को डिसेम्बरमा सक्ने लक्ष्य छ ।
–कान्तिपुर
FACEBOOK COMMENTS