काठमाडौं – काठमाडौं महानगरपालिका जुद्ध वारुण यन्त्र कार्यालयले दिपावलिको अवसरमा हुनसक्ने सम्भावित अग्नि विपद्लाई मध्यनजर गर्दै सचेतना जगाउने उद्देश्यले चेतनामूलक र्यालीको आयोजना गरेको छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले तिहारमा धेरै धन जनको क्षती हुने समयमा यस्तो कार्यक्रम हुनु उपलब्धीमूलक हुने बताए । कार्यक्रममा ५ सय जनाको उपस्थिति रहेको थियो ।
र्याली जुद्ध वारुण यन्त्रको कार्यालय बसन्तपुरबाट निकालेर असन इन्द्रचोकलगायत विभिन्न गल्ली हुँदै पुन जुद्ध वारुण यन्त्र कार्यालय बसन्तपुरमा आएर समाप्त भएको थियो ।
FACEBOOK COMMENTS