काठमाण्डौँ — नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी विमान खरिदका लागि अयोग्य कम्पनीसँग सम्झौता गरेको भेटिएको छ ।
निगम, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट प्राप्त कागजातअनुसार आफूसँग विमान भएको प्रमाणबिनै एएआर कर्पोरेसनसँग खरिद सम्झौता भएको देखिएको हो ।
‘निगमले सार्वजनिक गरेको आशयपत्रमा आधारित भएर प्रस्ताव पेस गर्ने कम्पनीले कुनै न कुनै रूपमा आफूसँग विमान भएको सुनिश्चित गर्नुपर्ने हुन्छ ।
तर त्यस्तो कुनै प्रमाणबिनै प्रस्ताव पेस गरेको एएआर कर्पोरेसन छनोट भएको देखिएको विमान खरिदको कानुनी प्रक्रियाबारे अध्ययन गरेको सार्वजनिक खरिद अनुगमन कार्यालय बतायो ।
२०१६ डिसेम्बर १६ (२०७३ पुस १ गते) बोलपत्र मूल्यांकन उपसमितिले निगमका प्रबन्ध निर्देशकलाई बुझाएको प्रतिवेदनमा ११ वटा कम्पनीको प्रस्तावमाथि तुलनात्मक अध्ययन गरिएको छ ।
जसमा सिनर्जी एरोस्पेस र एरोस्पेसबाहेक कुनैको पनि आफ्नै स्वामित्व नभएको उल्लेख छ ।
.— कान्तिपुर
FACEBOOK COMMENTS