नेपाल चेम्बर अफ कमर्श र टर्कीस एयरलाइन्स बीच आपसी समर्थन, लाभ र सहयोग को पहिचान स्थापनाको लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ ।नेपाल चेम्बर अफ कमर्स र टर्कीस एयरलाइन्स बीच संस्थागत स्तरबाट र व्यक्तिगत स्तरमा सम्बन्ध विस्तार गर्ने कार्यक्षेत्रको सराहना भएको छ । यस समझदारीले दुई पक्ष दुवैका बीचमा राम्रो समन्वयको भावना जगाउँने विश्वास लिईएको छ । नेपाल चेम्बर अफकमर्स र टर्कीस एयरलाइन्स बीचमा हस्ताक्षर समझदारी पत्रमा नेपाल चेम्बर अफकमर्ससँग आवद्ध सदस्यहरूलाई उड्डयन सुविधाको क्षेत्रमा सहयोग गर्ने सहुलियत प्रदान गर्ने सहमती भएको छ ।
टर्कीस एयरलाइन्सले नेपाल चेम्बर अफकमर्सलाईइकोनमीक्लासमा ७ प्रतिशत सम्म र बिजनेस क्लासमा १० प्रतिशत सम्म छुट दिने भएको छ । तर यो छुट प्रवद्र्धनात्मक प्रस्ताव र कोड शेयर उडानमा लागू हुने छैन् । यस समझदारी पत्रले कुनै कुरा थप, परिवर्तन र संशोधन सुझाव दिन अधिकार सुरक्षित राख्छ ।यस कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले नेपाल चेम्बर अफकमर्स र टर्कीस एयरलाइन्स बीच बिध्यमान सम्बन्धलाई मध्यनजर गर्दै नेपाल टर्कीस बीच आर्थिक तथा पर्यटन प्रवद्र्धनको लागि कोसेढुङ्गाको काम गर्ने बताए। उनले नेपाल चेम्बर अफ कमर्स र टर्कीस चेम्बर अफ कमर्र्श बीच व्यवसायिक लगानी, पर्यटन र व्यापार गर्ने सहकार्य भएको बताए।
FACEBOOK COMMENTS