असार १५, काठमाडौँ — झन्डै तीन महिनायता बन्द रहेको पुँजी बजार सोमबारदेखि खुल्दै छ । नेपाल धितोपत्र बोर्ड ९सेबोन० को निर्देशनअनुसार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले बजार खोल्ने निर्णय गरेको हो ।
सेबोन सञ्चालक समिति बैठकले आइतबार नेप्सेलाई बजार खोल्न निर्देशन दिएको हो । ‘सोमबारदेखि लकडाउनअघिकै अवस्थामा बजार सञ्चालन गर्न निर्देशन दिएका छौं,’ बोर्डका प्रवक्ता नीरज गिरीले भने । नेप्सेलाई पठाएको पत्रमा बजार खोल्ने सम्बन्धमा आवश्यक तयारी गरी अग्रिम रूपमा बोर्डलाई जानकारी गराउनू भनिएको छ ।
बोर्डको निर्देशनका आधारमा नेप्से सञ्चालक समिति बैठकले आइतबार नै सोमबारदेखि बजार खोल्ने निर्णय गरेको छ । लकडाउनअघिकै अवस्थामा बजार सञ्चालन गर्ने निर्णय भएको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । ‘अब प्रतिदिन ११ देखि ३ बजेसम्म बजार सञ्चालन हुन्छ,’ उनले भने, ‘नेप्से परिसूचक र कम्पनीको सेयर मूल्यमा पनि पहिलेकै अनुसार सर्किट ब्रेकरको व्यवस्था लागू हुन्छ ।’
लकडाउनको बीचमा गत वैशाख ३० र ३१ गते दुई दिन बजार खुले पनि असामान्य अवस्था भन्दै दैनिक २ घण्टा मात्र चलाइएको थियो । सोहीअनुसार सर्किट ब्रोकरको व्यवस्था पनि परिमार्जन गरी २ प्रतिशतमा झारिएको थियो । यसकारण त्यो सामान्य अवस्थामा खोलिएको समय गणना नगर्ने हो भने बजार तीन महिनाभन्दा धेरै समय बन्द भएको बजार बल्ल खुल्न लागेको हो ।
लकडाउन खुकुलो भए पनि अत्यावश्यक क्षेत्रमा पर्ने पुँजी बजार अझै सञ्चालन नगरेको भन्दै चौतर्फी आलोचना भएपछि बजार खोल्ने तयारी भएको हो । लामो समय बजार बन्द रहँदा नियामक निकाय धितोपत्र बोर्ड र अग्रणी नियामक निकाय नेप्सेले चर्को आलोचना खेप्नुपरेको थियो । उनीहरूलाई बजार घट्ने डरले बन्द गरिएको आरोप लागेको थियो । यद्यपि यसबीचमा केही नीतिगत काम पनि भएका छन् । सेयर कारोबारमा अनलाइन माध्यम ९मोबाइल र इन्टरनेट० बाट भुक्तानी गर्दा विद्यमान कारोबार सीमा नलाग्ने व्यवस्था राष्ट्र बैंकले गरिसकेको छ ।
यसैबीच लगानीकर्ताले बजारलाई लिएर अवरोध नगर्ने विषयमा पनि लिखित प्रतिबद्धता प्राप्त भएको सेबोनले बताएको छ । ‘अब कुनै पनि अवस्थामा बजार बन्द नगर्ने भन्ने विषयमा लगानीकर्ताले लिखित प्रतिबद्धता दिएका छन्,’ बोर्ड स्रोतले भन्यो, ‘बजार केही तलमाथि हुँदा पनि आन्दोलन गर्ने प्रवृत्ति अब रोकिनेछ ।’
लगानीकर्ताले तिर्दै आएको ५ प्रतिशत पुँजीगत लाभकर टीडीएस नभई अन्तिम कर भएको आन्तरिक राजस्व विभागले प्रस्ट्याएको छ । यसअघि लगानीकर्ता यो कर अन्तिम हो वा टीडीएस हो भन्ने अन्योलमा थिए । गत वैशाखसम्म नेप्सेमा २ सय १२ कम्पनी सूचीकृत छन् । त्यसमध्ये १ सय ४८ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी छन् । ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४र४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका छन् । ०७६ असारमा सूचीकृत कम्पनी संख्या २ सय १५ थियो ।
सूचीकृत कम्पनीमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ८०।३ प्रतिशत छ । जलविद्युत् कम्पनीको हिस्सा ५।८, उत्पादन र प्रशोधन उद्योगको हिस्सा ३।७, होटलको हिस्सा १।५, व्यापारिक संस्थाको हिस्सा ०।३ तथा अन्य समूहका कम्पनीको हिस्सा ८।५ प्रतिशत छ । ०७६ वैशाखसम्म सूचीकृत संस्था ४ अर्ब ७० करोड कित्ता रहेको नेप्सेको तथ्यांक छ ।
– कान्तिपुर
FACEBOOK COMMENTS