काठमाडौं । सरकारले फेरि इन्धनको मूल्य बढाएको छ ।
नेपाल आयल निगमका अनुसार आज डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढाएको हो ।
निगमले आजै राति १२ बजेदेखि लागू हुने गरी नयाँ मूल्य समायोजन गरेको जानकारी दिएको हो । नयाँ मूल्य सूची अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले बढाइएको छ भने हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य पनि प्रतिलिटर ५ रुपैयाँले नै वृद्धि गरिएको छ । पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।
समायोजनपछि पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर २३४ रुपैयाँ ५० पैसा कायम भएको छ । त्यस्तै, दोस्रो वर्गमा मा प्रतिलिटर २३६ रुपैयाँ र तेस्रो वर्गका क्षेत्रमा २३७ रुपैयाँ पुगेको छ ।
यसैगरी, हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य प्रतिलिटर २५१ रुपैयाँबाट बढेर २५६ रुपैयाँ पुगेको छ ।

हेर्नुहोस् सूची–



इन्धनको मूल्य भारी वृद्धि, कति पुग्यो पेट्रोल, डिजेल र ग्यासको भाउ ?