काठमाण्डौँ — ब्याजदरमा अस्वस्थ प्रतिष्पर्धा बढेपछि नेपाल राष्ट्र बैंकले बैंकहरुलाई व्याज घटाउन निर्देशन दिएको छ ।
वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरंजीवि नेपालले राष्ट्र बेंकमै बोलाएर व्याज घटाउन निर्देशन दिएका हुन् ।
शुक्रबारबाटै बेंकहरुले व्याज घटाउने सहमती भएको छ ।
भेटमा गभर्नर डा चिरञ्जीवि नेपाल सहित डेपुटी गभर्नरहरु सहभागी थिए ।
राष्ट्र बैंकले ब्यक्तिगत निक्षेपकर्ताको मुद्दति खातामा ९.२५ प्रतिशत, संस्थागत मुद्धति खातामा ८.५, बचतमा ६.५ र कल डिपोजिट ४.५ प्रतिशत ब्याज दिन भनेको छ ।
FACEBOOK COMMENTS