काठमाडौं,माघ २३- भूकम्पीय आवास पुनर्निर्माणका लागि विश्व बैंकले २३ अर्ब ऋण सहयोग गरेको छ । विश्व बैंकले ८६ हजार घर पुनर्निर्माणका लागि नेपाल सरकारलाई २०० मिलियन डलर ९२२ अर्ब ८२ करोड० रुपैयाँ प्रदान गरेको हो ।
बिहीबार अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र विश्व बैंकका नेपाल निर्देशक फारिस एच हडाड्जेर्भेसले यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरे । उक्त रकम भूकम्पबाट प्रभावित ३२ जिल्लामा थप ८६ हजार आवास पुननिर्माणका लागि खर्च गरिने अर्थ मन्त्रालयले जनाएको छ ।
नेपाल सरकारले विश्व बैंकले यसअघि दिएको २२ अर्ब ८२ करोड रुपैयाँ आवास पुनर्निर्माणमा खर्च गरिरहेको जनाएको छ । विश्व बैंकले यसअघि सन् २०१५ मा ५५ हजार घरको पुनर्निर्माणका लागि ऋण सहायता उपलब्ध गराएको थियो ।
सन् २०१७ मा सहायता रकम बढाएर थप ९६ हजार घर पुनर्निर्माणमा साथ दिएको थियो ।
सरकारले भूकम्पबाट भत्किएका निजी आवास पुननिर्माणमा ३ लाख रुपैयाँ अनुदान दिएको छ ।
FACEBOOK COMMENTS