काठमाण्डौँ — माघ ११ र १२ गते बुटवलमा बैंकिङ/बिमा तथा पुँजी बाजर सम्बन्धी प्रदर्शनी हुने भएको छ ।
प्रदर्शनीको तयारी तीव्र गतिमा भइरहेको अयोजक मिडिया इन्टरनेसलले जनाएको छ ।
मुलुकभर वित्तीय सचेतना र बिमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागीएको हो ।
एक्स्पोमा नेपाल राष्ट्र बैंक, बिमा समिति, नेपाल धितोपत्र बोर्ड, वाणिज्य बैंकहरू, विकास बैंक, बिमा कम्पनी, वित्त कम्पनी तथा माइक्रोफाइनान्सलगायत युवा स्वरोजगार कोषको सहभागिता रहने आयोजकले जनाएको छ ।
एक्स्पोमा प्रदर्शनी बाहेक दुई दिनसम्म बैंकिङ, बिमा र पुँजीबजारबारे लगातार रूपमा सेमिनार आयोजना गरिनेछ ।
FACEBOOK COMMENTS